शम्भु चौधरी लहान २७ मंसिर । मोसन स्टुडियोको ब्यनरमा निर्माण भएको नेपाली कथानक चलचित्र “बदला“ को च्यारिटी सो लहानमा हुने भएको छ । आउदो पुस ३ गतेको शुभ साईतमा लाहानको पशुपती डिजिटल सिनेमा हल्लमा च्यारिटीसो हुन गैरहेको बदलाका निर्माता चन्द्रु चौधरीले बताएका छन ।

लाहान बासी चन्द्रु चौधरीले निर्माण गरेको चलचित्रमा सिरहा जिल्लाको वासतविक घटनामा आधारित रहेका छन र सबै दर्शकहरुलाई मन पर्ने जनचेतना मुलक सन्देश रहेको छ ।
यस चलचित्रमा नेपालका चर्चित गायक गायिका राजेश पायल राई र अन्जु पन्तले स्वर दिएका गितहरु रहेका छन । बदलाको मुख्य भुमिकामा सबिन श्रेस्ठ,नम्रता योगी ,चन्द्रु चौधरी ,मन्जिला चौधरी ,राजाराम साह र सङ्गीत सिन्हलाई हेर्न सक्नु हुने छ भने यसको कथा गजेन्द्र गजुले लेखेका छन । चलचित्रको निर्देशन समीर मियाले गरेको छ भने छयांकन बिनोद साप्कोटाको रहेको छ ।
साउथ एकशनले भरिपुर्ण चलचित्र बदलामा राजेन्द्र चौधरीको द्धन्द्ध र निरज कुमारले सङग्गित बद्य गरेका छन । नेपालका रमणिय ठाउँ चरिकोट दोलखा मन्दिर लगायत सगरमाथाको राम्रो दृश्य लगयत अन्य रमणिय ठाउँका दृश्यहरु चलचित्रमा देखाईएको छ ।
चलचित्रको सह निर्मातामा राजाराम साह,अजय चौधरी छन भने कार्यकारी निर्मातामा रतन श्रेस्ठ रहेका छन ।
चलचित्र बदलाको मेडिया पार्टनरहरु समाद एफ एम लहान र फुलवारी सन्देश डट कम रहेको निर्देशक चौधरीले बताएका छन ।