शम्भु चौधरी लहान २ कार्तिक । आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि धनगढीमाई न पा २ भवानीपुरले विजया दशमी २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ।
कार्यक्रमले संस्थाका पदाधिकारी तथा कर्मचारीहरू बीच आत्मीयता, आपसी समझदारी र सहकार्यको भावना अभिवृद्धि गर्नुका साथै चाडपर्वलाई आपसी सद्भाव र खुसीका साथ मनाउने सन्देश दिएको छ।
संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक विकासका साथै सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुरूप संस्थागत विकासमा योगदान पुर्याउँदै आएको छ।
विजया दशमी जस्तो महत्वपूर्ण चाडपर्वले आपसी प्रेम, सद्भाव, मेलमिलाप र सामाजिक एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गर्दै सहभागीहरूले संस्थाको निरन्तर प्रगति, उन्नति तथा सफलताको कामना गरेका थिए । उक्त कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष भगवानी लाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष चौधरीले उपस्थित सबैलाई दसैँको टीका लगाई विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको थियो। त्यसैगरी, कार्यक्रममा सहभागीहरूले पालैपालो एक अर्कालाई शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, एकता, भाइचारा तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

