शम्भु चौधरी, लहान १९ भदौ । लहान नगरपालिका १ पडरिया चौकमा नयाँ व्यवसायका साथ ‘आफिया होम डेकोर कनसेप्ट’ को उद्घाटन गरिएको छ। स्थानीयस्तरमै घर सजावट तथा आवश्यक होम डेकोर सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको होम डेकोर कनसेप्टले ग्राहकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको कनसेप्टका प्रोपाईटर ईन्जिनियर मो. ईब्राहिमले बताए ।
प्रोपाईटर ईब्राहिमका आमाबुवाले शुक्रबार एक कार्यक्रम बिच संयुक्त रुपमा रिबन काटी डेकोर कनसेप्टको उदघाटन गरेका हो ।
उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पडरियामा नयाँ व्यवसाय सञ्चालनमा आएसँगै घर सजावटका सामग्री खरिदका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरे।
यस्ता प्रकार घर सजावटका सामाग्री पुर्व विराटनगर तथा पश्चिममा जनकपुरमा मात्रै उपलब्ध रहेको बताए । यसको टिकाउपन कम्तिमा २० वर्षसम्म हुने प्रोप्राईटर ईब्राहिमले बताए ।
आधुनिक डिजाइन, आकर्षक सामग्री र ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै ‘आफिया होम डेकोर कनसेप्ट’ ले सेवा दिने जनाएको छ। व्यवसायले स्थानीय स्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढाउन समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
सञ्चालकले ग्राहकको रोजाइ, आवश्यकता र बजेट अनुसार विभिन्न प्रकारका होम डेकोर सामग्री उपलब्ध गराउँदै उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय बजारमा बढ्दो घर सजावट सम्बन्धी मागलाई लक्षित गर्दै सञ्चालनमा आएको कनसेप्टले आगामी दिनमा आफ्नो सेवा अझ विस्तार गर्ने प्रोप्राईटर ईब्राहिमले बताए।

