सिरहा, ९ भदौ । राष्ट्रिय धर्म सभा दिवसका अवसरमा देशभर विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी धार्मिक आस्था, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको छ।
दिवसका अवसरमा धार्मिक अगुवा, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणले सनातन धर्म, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। उनीहरूले धर्मलाई केवल पूजा–पाठमा सीमित नराखी मानव सेवा, नैतिकता, अनुशासन, सदाचार र सामाजिक एकताको आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
अहिलेको संस्कृति विकृतिमा परिणत भईरहेको धार्मिक अगुवाहरुले बताएका छन । विभिन्न धर्म र विभिन्न समुदायबीच आपसी सम्मान, सहिष्णुता र सद्भाव कता हराएको विषयमा चिन व्यक्त गरेका छन ।
कार्यक्रममा वक्ताहरूले पछिल्लो समय आधुनिकता र बदलिँदो जीवनशैलीका कारण मौलिक धार्मिक तथा सांस्कृतिक परम्परा प्रभावित हुँदै गएको भन्दै नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कार, संस्कृति र परम्पराबारे जानकारी गराउन आवश्यक रहेको बताए।
यस दिवसले धार्मिक स्वतन्त्रता र सबै धर्मप्रति सम्मानको भावना विकास गर्दै सामाजिक एकता र राष्ट्रिय सद्भावलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।
दिवसका अवसरमा धार्मिक स्थलमा पूजा–आराधना, प्रवचन, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम तथा सामाजिक सेवाका गतिविधिसमेत सञ्चालन गरिएको छ।
आयोजकहरूले आगामी दिनमा धर्म तथा संस्कृतिको संरक्षणसँगै समाजमा सकारात्मक मूल्य–मान्यता स्थापित गर्ने अभियानलाई निरन्तरता दिने बताए ।
