शम्भु चौधरी लहान ५ भदौ । भगवानपुर गाउँपालिका २, गम्हरियास्थित सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी जयकिशोर यादवद्वारा घरमै पुगेर १० हजार सहयोग गरेका छन ।
आफ्नै ओछ्यानमा सुतिरहेका बेला एकै परिवारको दुई दाजुभाइ दिब्यान्सु कुमार भगत र प्रियनशु कुमार भगत दुई अबोध बालकलाई रातको समयमा विषालु सर्पले टोकेर घाईते बनाएका थिए ।
यस्ता हृदयविदारक घटनाले हामी सबैलाई लगायत गाउँ नै स्तब्ध भएको छ ।
अहिले दुवै दाजुभाईको विराटनगर स्थित विराट नर्सिङ होममा सघन उपचार भइरहेको छ । परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको र उपचार खर्च जुटाउन मुस्किल परिरहेको जानकारीमा आएको छ ।
यो कठिन घडीमा ती साना नानीहरूको जीवन रक्षाका लागि हामी सबैको सहयोगको आवश्यकता रहेको देखिन्छ ।
यता केहि दिन देखि समाजसेवी यादव नवराजपुर गाउँपालिकामा झुल वितरण गरिदै आई रहेको छ ।
सम्बन्धित खबर
गोपाल सेवा समिति लहानको शुभकामना कार्यक्रम सम्पन्न
लहान ७ को नवनिर्मित वडा कार्यालय भवन नगरप्रमुख चौधरीद्वारा उद्घाटन
लहान–१५ बान टोलमा सडक ढलान, स्थानीय बासिन्दाको आवागमनमा सहज
आत्मनिर्भर सहकारीद्वारा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम
लहान–११ मा तेस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
