शम्भु चौधरी लहान ५ भदौ । भगवानपुर गाउँपालिका २, गम्हरियास्थित सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी जयकिशोर यादवद्वारा घरमै पुगेर १० हजार सहयोग गरेका छन ।
आफ्नै ओछ्यानमा सुतिरहेका बेला एकै परिवारको दुई दाजुभाइ दिब्यान्सु कुमार भगत र प्रियनशु कुमार भगत दुई अबोध बालकलाई रातको समयमा विषालु सर्पले टोकेर घाईते बनाएका थिए ।
यस्ता हृदयविदारक घटनाले हामी सबैलाई लगायत गाउँ नै स्तब्ध भएको छ ।
अहिले दुवै दाजुभाईको विराटनगर स्थित विराट नर्सिङ होममा सघन उपचार भइरहेको छ । परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको र उपचार खर्च जुटाउन मुस्किल परिरहेको जानकारीमा आएको छ ।
यो कठिन घडीमा ती साना नानीहरूको जीवन रक्षाका लागि हामी सबैको सहयोगको आवश्यकता रहेको देखिन्छ ।
यता केहि दिन देखि समाजसेवी यादव नवराजपुर गाउँपालिकामा झुल वितरण गरिदै आई रहेको छ ।
सम्बन्धित खबर
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
आज विश्व मावनता दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
बासुदेव खोलाले बगाएका विद्यार्थीको पहिचान खुल्यो
समाजसेवी यादवद्धरा २ सय २५ घरपरिवारलाई झुल वितरण
