शम्भु चौधरी लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहाले पनि भव्यताका साथ बुधबार लहान १५ को हातीदहमा मनाएका छन ।
हरेक वर्ष अगस्ट ९ तारिखमा विश्वभर मनाइने विश्व आदिवासी दिवस आदिवासी जनजातिहरूको अधिकार, पहिचान, संस्कृति, भाषा, परम्परा र जीवनशैलीको संरक्षण तथा प्रवर्द्धनका लागि महत्वपूर्ण दिन हो। नेपालमा पनि विभिन्न आदिवासी जनजाति समुदायले विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएका छन्।
विश्व आदिवासी दिवसले आदिवासी समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदाको सम्मान गर्दै उनीहरूको सामाजिक, आर्थिक, राजनीतिक तथा शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्ने सन्देश दिन्छ। आदिवासी जनजातिहरूले देशको कला, संस्कृति, भाषा, परम्परा, प्रकृति संरक्षण र सामाजिक विकासमा पुर्याउँदै आएको योगदान महत्वपूर्ण छ।
कार्यक्रमका प्रमुख अतिथि सिरहा निर्वाचन क्षेत्र १ क का प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथि चौधरीका अनुसार आदिवासीका काला संस्कृति रहासहन र भेषभुषा छुटटै छन । लवाई खवाई छुटटै छन । बोलि भाषा छुटटै छन । यी र यस्ता पौराणिक चिजहरुलाई जोगाई राख्न बेलाबखतमा कार्यक्रमहरु गरि राख्न अपरिहार्य देखिन्छ । प्रमुख अतिथि चौधरीले थप्दै भने यी अवाजहरुलाई बुलन्द पार्न संसदसम्म पुरयाने कार्यमा म पछि नहटने बताए । आदिवासी समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो इतिहास, भाषा र संस्कृतिसँग जोड्नुपर्ने आवश्यकता देखिन्छ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यहाँका आदिवासी जनजातिको भाषा, भेषभूषा, संस्कार, कला, संगीत, नृत्य र परम्परा नेपालको मौलिक पहिचानका आधार हुन्। पछिल्लो समय आधुनिकीकरण र सांस्कृतिक परिवर्तनका कारण कतिपय मौलिक भाषा तथा परम्परा संकटमा पर्दै गएकाले तिनको संरक्षणमा विशेष ध्यान दिन आवश्यक छ।
विश्व आदिवासी दिवस २०८३ ले आदिवासी जनजातिको अधिकार र पहिचानको सम्मानसँगै समान अवसर, सामाजिक न्याय, समावेशिता र दिगो विकासका लागि सबै पक्षलाई जिम्मेवार बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ। आदिवासी जनजातिको अधिकारको सम्मान, संस्कृति र पहिचानको संरक्षण तथा समान सहभागितामार्फत समतामूलक र समावेशी समाज निर्माण गर्नु नै विश्व आदिवासी दिवसको मूल भावना हो।
कार्यक्रममा आदिवासी जनजाती अगुवाहरु, स्थानिय ताहका जनप्रतिनिधिहरु लगायत विभिन्न सं संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । आदिवासी जनजाती महासंघ सिरहाका अध्यक्ष डेनोक मुत्तानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

