• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 07, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पक्राउ परेनन् अभियुक्त कुशवाहा

नेपाल पोस्ट दैनिक
    July 7, 2026  मा प्रकाशित

Spread the love
      

बारा २३ असार । बारा जिल्लाको कलैया उपमहानरपालिका वडा नं. २३ निवासी धर्मराज महतोको छोरा अरुण कुशवाहा सम्मानित पर्सा जिल्ला अदालतको फरार सुचिमा रहेका छन् ।

जिल्ला पर्सा बिन्दवासिनी गाउँपालिका वडा नं. ३ घर भई वीरगंज महानगरपालिका वडा नं. १० अशोकवाटिका बस्ने सुवाश प्रसाद चौरसियाको जाहेरीले नेपाल सरकार वादी रहेको ज्यान मार्ने उद्योग मुद्दामा कुशवाहा फरार अभियुक्तको सुचिमा रहे पनि पर्सा प्रहरीले हालसम्म पक्राउ गर्न नसक्दा उनी गाउँघरमा अझ आतंक नै मच्चाई राखेको स्थानियहरु बताउंदछन् ।

मल खादको कारोबार गर्ने बिवादित व्यवसायीको रुपमा चिनिने अरुण कुशवाहा सहितका समुहले मिति २०८१÷१÷३१ गतेका दिन बिहान करिब ८ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं। ११ रानीघाट स्थित पुल देखि दक्षिण तर्फ जाने बाटोमा सुवाश प्रसाद चौरसियालाई घेराहाली शरिरको विभिन्न भागमा हात मुक्काले आक्रमण गर्दै धारिलो हतियारले घाँटीमा ताकी प्रहार गरेका थिए ।

मुद्दा नं। ०८२–१–०२१८ रहेको ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित अदालतले प्रहरीलाई पटक–पटक पक्राउ गर्न ताकेता गरे पनि हालसम्म अरुण कुशवाहा पक्राउ पर्न नसकेकोमा प्रहरीको भुमिका माथि शंका पैदा भएको पिडित जाहेरवाला सुवाश प्रसाद चौरसियाको आरोप रहेको छ ।

कलैया उपमहानगरपालिका वडा नं। २३ स्थित सञ्चालनमा रहेको श्री कुश कृषि सहकारी संस्थाले नेपाल सरकारबाट कृषकहरुलाई सहुलियत दरमा विक्रीको लागि अनुदानमा खरिद गरी ल्याएको मलखादहरु बढी मुनाफा लिई कालोबजारी गरेको आरोपमा अरुण कुशवाहालाई बारा प्रहरीले २०७९ साल भदौको १३ गतेका दिन पक्राउ गरी हिरासतमा राखेको थियो ।

महागढीमाई नगरपालिका वडा नं. २ बस्ने गगनदेव प्रसाद कुशवाहाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो । उजुरी पर्नसाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कुशवाहाको गोदामबाट ११८ बोरा डिएपी मल, २९ बोरा युरिया, ६१ बोरा पोटास, खेती शक्ति लेखिएको फस्फेट १ बोरा लगायतका सामानहरु बरामद गरी पहिलो पटक १० दिनको म्याद थमाई थप अनुसन्धान अगाडि बढाएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट विदा भए नेयमार
  • देशभर मनसुनी वायुको प्रभाव
  • मधेश प्रदेशकै दोस्रो बालमैत्री तथा स्थानीय शासनयुक्त पालिका
  • आज विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    पक्राउ परेनन् अभियुक्त कुशवाहा
    भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट विदा भए नेयमार
    देशभर मनसुनी वायुको प्रभाव
    मधेश प्रदेशकै दोस्रो बालमैत्री तथा स्थानीय शासनयुक्त पालिका
    आज विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
    पक्राउ परेनन् अभियुक्त कुशवाहा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    पक्राउ परेनन् अभियुक्त कुशवाहा
    देशभर मनसुनी वायुको प्रभाव
    मधेश प्रदेशकै दोस्रो बालमैत्री तथा स्थानीय शासनयुक्त पालिका
    आज विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
    नदिमा डुबेर एक बालकको मृत्यु
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑