• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी

नेपाल पोस्ट दैनिक
    March 30, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान, १६ चैत । लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरू तलब सहित विभिन्न रकम निकासाको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। आइतबार इलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाएका छन्।

शिक्षकहरूको भनाइ अनुसार नगरपालिकाको खाता रोक्का भएपछि उनीहरूले पुस महिनादेखि तलब पाउन सकेका छैनन्। सोही कारणले उनीहरूको दैनिक जीवन कष्टकर बन्दै गएको छ। विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद साहले ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र समस्या समाधान नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

उनका अनुसार तलब भत्ता मात्र नभई पाठ्यपुस्तक खरिद, छात्रवृत्ति वितरण, ननसेलरी बजेट, दिवा खाजा कार्यक्रम, विद्यालय व्यवस्थापन अनुदान, संघीय अनुदान तथा स्वयंसेवक शिक्षकहरूको पारिश्रमिक समेत रोकिएको छ। यसले आगामी शैक्षिक सत्र नै प्रभावित हुने देखिएको उनले बताए। “तलब नपाउँदा घरखर्च चलाउन, छोराछोरीको विद्यालय शुल्क तिर्न र बैंक ऋणको ब्याज बुझाउन समेत समस्या भएको छ,” उनले गुनासो गरे। यसअघि नगरपालिकाका कर्मचारीहरूले पनि खाता सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

नगरपालिकाको खाता रोक्का हुनुको मुख्य कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवाद रहेको बताइएको छ। हाल लहान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जयकान्त झा कार्यरत छन्। उनलाई केही दिनअघि मन्त्रालयले सरुवा गर्दै खिम भुजेललाई पठाएको थियो। तर, आफ्नो अनिवार्य अवकाश हुन ६ महिनाभन्दा कम समय बाँकी रहेको भन्दै झाले सरुवाविरुद्ध प्रशासकीय अदालतमा मुद्दा दायर गरेका थिए।

सो मुद्दामा अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्ने निर्णय गरेको थियो। अदालतको आदेश आए पनि मन्त्रालयले नगरपालिकाको खाता अझै फुकुवा नगरेको कारण आर्थिक कारोबार ठप्पजस्तै भएको छ। यसले शिक्षक, कर्मचारी र विकास निर्माणका कामहरूमा प्रत्यक्ष असर परेको छ। नगरपालिकाको स्रोतका अनुसार उपप्रमुख राम चलितर महतोले अधिकृत झालाई सरुवा गराउन राजनीतिक दबाब सिर्जना गरेको आरोप छ। उनले आफू अनुकूल प्रमुख प्रशासकीय अधिकृत ल्याउन विभिन्न तहमा पहल गरेको बताइन्छ। महतो हालै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

यस विषयमा नगर प्रमुख महेश चौधरीले प्रशासकीय अधिकृतको विवादका कारण दैनिक कामकाजमा समस्या भइरहेको बताए। “नगरपालिकाको खाता रोक्का राख्नुपर्ने कुनै ठोस कारण छैन, राजनीतिक पूर्वाग्रह र दबाबका कारण समस्या सिर्जना गरिएको हो,” उनले भने।

साथै उनले मन्त्रालयलाई यथाशीघ्र समस्या समाधान गरी विकास निर्माणका कामलाई अघि बढाउन आग्रह गरेका छन्। आर्थिक वर्ष सुरु भइसकेको अवस्थामा प्रशासकीय अधिकृतको विवादले नगरपालिकाको समग्र सेवा प्रवाहमा असर परेको छ। शिक्षकहरूले समयमै तलब नपाउँदा शिक्षण सिकाइ प्रक्रिया प्रभावित हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑