• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शुटिङका बेला हिरो-हिरोइनले होस गुमाएर पछि…

नेपाल पोस्ट दैनिक
    August 29, 2019  मा प्रकाशित

Spread the love
      

मुम्बइ। धेरैजसो मूलधारका बलिउड फिल्ममा अन्तरंग दृश्य समावेश गरिएकै हुन्छन् । तर यसको सुटिङ निकै चुनौतीपूर्ण हुन्छन् । धेरैपटक अभिनेताले सुटिङका बेला आफ्नो नियन्त्रण गुमाउने गर्छन् र निर्देशकले कट भनेपछि पनि अभिनेत्रीलाई छोड्दैनन् । यस्ता घटनाबारे अभिनेत्री आफैंलेसमेत भन्ने गरेका छन् ।

रेखाको जीवनी ट्वेन्टी फाइभ इयर्स अफ अ स्पेशल मा एउटा अचम्मको घटनाबारे जानकारी दिइएको छ । लेखक दिनेश रहेजा रेखालाई उद्धृत गर्दै लेख्छन्, ‘मलाई यसबारे केही थाहा थिएन । म अचम्मित भएकी थिएँ । त्यतिबेला मेले जे महसुस गरेँ त्यसलाई केही कुराले पनि क्षतीपूर्ती दिन सक्दैन ।’

वास्तवमा सन् १९६९ मा रिलिज भएको फिल्म ‘अनजान सफर’ को सुटिङ मुम्बईको महबूब स्टुडियोमा हुँदै थियो । एक दृश्य सुटिङ गर्ने क्रममा निर्देशकले एक्सन भन्ने बित्तिकै तत्कालीन चर्चित अभिनेता विश्वजीतले रेखालाई अँगालो हालेर सुम्सुम्याउन थाले । त्यतिबेला रेखाको उमेर १५ वर्षमात्रै थियो । यो दृश्यबारे यासिर उस्मानले आफ्नो किताब ‘रेखाः एक पहेली’ मा लेख्छन्, ‘जब सेटभित्र यस्तो भइरहेको थियो तब फिल्मका कास्ट र क्रु उभिएर ताली बजाइरहेका थिए । निर्देशक राजा नवाथेले १५ पटक कट भने तर नायकले रेखालाई छोडेनन् । मानिसहरु हाँसिरहेका थिए र रेखाको आँखामा आँसु थियो ।’

रेखाले रेन्डिवू विद सिमी ग्रेवालमा भनिन्, ‘म त्यतिबेला हरेक दिन रुने गर्दथेँ । म १५ वर्ष पनि पुगेकी थिइनँ । मलाई यस्तो लुगा लगाउन भनिन्थ्यो जुन मलाई मनै पर्दैनथ्यो ।’

फिल्म ‘दयावन’ को गीत ‘आज फिर तुमपे प्यार आया हे’ को सुटिङको क्रममा विनोद खन्नाले आफ्नो नियन्त्रण गुमाएको बताइन्छ । थुप्रै मिडिया रिपोर्टमा सुटिङपछि विनोद खन्नाले मधुरी दिक्षितसँग सुटिङका बेला आफ्नो व्यवहारका लागि माफी मागेको दाबी गरिएको छ ।

सन् १९८७ मा विनोद खन्ना आफ्नो करियरको चरममा थिए । त्यतिबेला विनोद डबल सिफ्टमा काम गर्ने बताइन्छ । यतिबेला रातीको सिफ्टमा सुटिङमा उनको फिल्म ‘प्रेम धरम’ का लागि डिम्पलसँग एउटा इन्टिमेट दृश्य सुटिङ गर्नु थियो ।

यतिबेला निर्देशक महेश भट्टले कट–कट भन्दासमेत उनी डिम्पललाई लगातार चुम्बन गरिरहेको बताइन्छ । त्यसपछि डिम्पलले विनोदसँग काम गर्न अस्विकार गरेको बताइन्छ तर विनोद र महेश दुबैले डिम्पलसँग माफी मागेपछि उनी पुनः सुटिङका लागि तयार भएको बताइन्छ ।

खलनायकको रुपमा आफूलाई स्थापित गरेका रंजितले माधुरी दीक्षितसँगको एक बलात्कारको दृश्यमा आफ्नो नियन्त्रण गुमाएको बताइन्छ । तब माधुरीले निकै मेहनत गरेर आफूलाई बचाएको भनी दाबीसमेत गरिन्छ ।

आफ्नो जमानाकी निकै सुन्दर नायिका जया प्रदासँग सुटिङका बेला खलनायकको रुपमा स्थापित दिलिप ताहिलले आफ्नो नियन्त्रण गुमाएका थिए । विभिन्न मिडिया रिपोर्टमा यो दृश्यका बेला जया प्रदाले दिलिपलाई थप्पडसमेत हानेको दाबी गरिएको छ ।

यस्तो विषयमा सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डिस नाम पनि जोडिएको छ । मिडियामा यसबारे निकै हो–हल्ला मच्चिएको थियो कि फिल्म ‘ए जेन्टलम्यान’ को सुटिङका बेला किसिङ सीनमा निर्देशकले कट भन्दासमेत उनीहरु एक–अर्काबाट अलग भएका थिएनन् ।

अन्तरंग दृश्यको सुटिङ बारे कुरा गर्दै जरिन खानले भनेकी थिइन्, ‘त्यतिबेला हामी निकै सजग हुनुपर्छ । हामीले आफ्नो व्यवहारले साथी कलाकारलाई उक्साउने हो कि भनेर निकै ध्यान राख्नुपर्छ । जति स्क्रिप्टको माग छ र निर्देशकले बताएका छन्, त्यति मात्रै अभिनय गर्नुपर्छ ।’

यस्तै डेजी शाहले भनेकी थिइन्, ‘यतिबेला हामीले आफ्नो नङ, काखीमुनीको पसिनाजस्ता स–साना कुराको निकै ध्यान दिनुपर्छ किनभने साथी कलाकारलाई थुप्रै पटक यस्ता स–साना कुराले नै अभिनय गर्न समस्यामा पारेको हुन्छ ।’

वास्तवमा ‘हेट स्टोरी थ्री’ मा विभिन्न अंतरंग दृश्य थिए । यसको सुटिङबारे शरमन जोशी, करण सिंह ग्रोवर, जरिन खान र डेजी शाहले पहिलो पटक कुरा गरेका थिए । चारैजनाले यस्ता दृश्यमा आफूमाथि नियन्त्रण राख्नुपर्ने बताएका थिए । तर फिल्मको इतिहासमा केही चर्चित कलाकारले आफूहरु नियन्त्रण राख्न सकेनन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑