• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पश्चिम नवलपरासीमा एक ट्रक सहित करिब २९ लाख ३३ हजार मुल्य बराबरको अबैध मालसमान बरामद

नेपाल पोस्ट दैनिक
    September 14, 2020  मा प्रकाशित

Spread the love
      

उर्मिला यादव नवलपरासी भदौ २९ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आज सोमबार अबैध केराउ ओसारपसारमा संलग्न एक ट्रक सहित करिब २९ लाख ३३ हजार दुई सय मुल्य बराबरको अबैध मालसमान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज बिहान इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलिया स्थित ना ४ ख ४६२५ नम्बरको ट्रकलाइ रोकेर चेकजाच गर्दा ट्रकमा चार सय बीस बोरामा दुई सय दश क्विन्टल हरीयो मटर फेला परी सोधपुछ गर्दा उक्त केराउ संग सम्बन्धित कुनै पनि कागजपत्र फेला नपरेकोले ट्रक चालक सहित नियन्त्रणमा लिएको छ । उक्त मटरको अन्दाजी मुल्य १६ लाख ८० हजार र ट्रकको मुल्य अन्दाजी १० लाख गरी कुल २६ लाख ८० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । यस्तैगरी सोमबार बिहान इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउपालिका वडा नम्बर २ चादनी चोकबाट अन्दाजी ८४ हजार मुल्य बराबरको २१ बोरामा १ हजार ५० किलो हरीयो मटर बरामद गरेको छ । उक्त मटर बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ । यस्तै गरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नम्बर ४ बाइपासमा बेवारिसे अवस्थामा रहेको अन्दाजी ५० हजार मुल्य बराबरको ६ सय ५० किलो हरीयो मटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
यस्तै गरी सोमबार दिउसो नै सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी ४४ हजार मुल्य बराबरको १९ बोरामा ५ सय ५० किलो हरीयो मटर पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ शंकरपुरबाट बरामद गरेको जनाएको छ । उक्त मटर मोटरसाइकलमा लैजादै गर्दा प्रहरी टोलीलाइ देखेर मानिस बोरा फाली भागेका थिए ।
यस्तै गरी सोमबार दिउसो नै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनीबाट करीब ५४ हजार मुल्य बराबरको १४ बोरामा ६ सय ७५ किलो हरीयो मटर र अन्दाजी १३ हजार २ सय मुल्य बराबरको २ सय २० पिस सेण्डो भेष्ट र ८ हजार मुल्य बराबरको ६ वटा सानो ग्यास सिलिण्डर र ग्यास चुल्होमा प्रयोग हुने सामानहरु बरामद गरेको छ । बरामद भएका सम्पुर्ण केराउ , मालसमान , १ ट्रक र एक जना ट्रक चालक समेतलाइ आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑