• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कोरोनाका कारण मृत्यु नभई अस्पतालकै लपरवाहीले मृत्यु भएको भनेर माैन जुलुस

नेपाल पोस्ट दैनिक
    September 11, 2020  मा प्रकाशित

Spread the love
      

संजय कुशवाहा / नवलपरासी ,२६ भदौपश्चिम नवलपरासीका नेपाली कांग्रेस उपसभापति सुवाष चन्द्र गिरीको मृत्युबारे छानविनको माग गर्दै जिल्लाका राजनैतिक दलहरुद्वारा सामूहिक रुपमा जिल्ला प्रशासन अगाडि माैन जुलुस गरिएको छ । कोरोनाका कारण मृत्यु नभई अस्पतालकै लपरवाहीले उहाँको मृत्यु भएको भनेर दुई घण्टा माैन जुलुस गरेका हुन् ।

गत साउन २३ गते उपसभापति गिरीले युनिर्भसल मेडिकल कलेज भैरहवामा पित्तथैलीको अप्रेसन गराएका गराउनुभएको थियो । अप्रेसन भएपछि उनको स्वास्थ्य तथा स्वासप्रश्वासमा समास्या देखिएको थियो । गिरीको परीवारले साउन २७ गते उहाँलाई पुनः स्वास्थ्य चेकजाँजका लागि अस्पताल लिएर गएपछि उहाँमा कोरोना देखिएको कुरा बाहिर आएको थियो ।

उहाँलाई स्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि काठमाडौंस्थित पाटन अस्पताल लगिएको थियो । उपचारको क्रममा उहाँको भदौं १ गते मृत्यु भएको थियो । तर यता उहाँको परिवारजन लगायत राजनैतिक दलहरु र समाजिक संघसंस्थाले भने मेडिकल कलेजकै लपरवाहीले मृत्यु भएको आरोप लगाएका छन् । अप्रेसन अगाडि पिसिआर परीक्षण नगर्नु, पुनः अस्पताल लाने क्रममा भर्ना लिन आलटाल गर्नुको अर्थ अस्पतालकै लापरवाहीका कारण गिरीको मृत्यु भएको गिरीको परीवार र राजनैतिक दलले जनाएका छन् ।

मृतक गिरीको पीसीआर नगरी अप्रेशन गर्नु र अप्रेशनमा समेत लापरबाहीको आरोप लगाउँदै राजनीतिक दल र परिवारजनले साता दिनअघि ज्ञापन पत्र दिएर घटनाको निष्पक्ष छानविन गरी कारबाही गर्न माग गरेका थिए । माग पूरा नभएको भन्दै प्रशासनमा धर्ना र जुलुस प्रर्दशन गर्नु परेको नेपाली काङ्ग्रेस नवलपरासी पश्चिमका सभापति बिष्णु प्रसाद पौडेलले बताउनु भयो । प्रदर्शन पछि आयोजित कोणसभामा बोल्ने पार्टी प्रतिनिधि र जनप्रतिनिधिहरुले माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने घोषण गर्नु भएको छ ।

धर्नामा नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑