शम्भु चौधरी, लहान १६ भदौ । रसुवा जिल्लामा भोटेकोशीबाट आएको विनाशकारी बाढीबाट प्रभावित पीडित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाबाट रु. ५ लाख एकाउन्न हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गर्नुभएको छ ।
नगर प्रमुख शिवशंकर महतोको पहलमा यस्तो सराहनिय निर्णय गरिएको हो ।
विपद्को घडीमा मानवीय सहयोगले धनगढीमाई नगरपालिकाको सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावनालाई थप उजागर गरेको छ ।
मानवीय सेवाभन्दा ठूलो धर्म अर्को छैन भन्दैै यस्तो पिडाको घडीमा मलम लगाउने निर्णय प्रति धनगढीमाई बासी खुशि व्यक्त गरेका छन । साथै यस सराहनीय कार्यका लागि धनगढीमाई नगरपालिकाको सम्पूर्ण कार्य पालिका परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन ।
सम्बन्धित खबर
सलहेस १–० गोल अन्तरले जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि
लहान १ पडरियामा ‘आफिया होम डेकोर कनसेप्ट’ सञ्चालनमा
नेपाल रेडक्रस सोसाइटीको ६४ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
आज श्रीकृष्ण जन्माष्टमी, देशभर भक्तिभावका साथ मनाइँदै
मोटरसाइकलमा लुकाइएको ब्राउन सुगरजस्तो पदार्थ बरामद, युवक पक्राउ
