• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पत्रकार मण्डलको घरमा चोरी, नगद सहित गर गहना चोरी

नेपाल पोस्ट दैनिक
    September 25, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान, असोज ९ । धनगढीमाई नगरपालिका–१२, विष्णुपुरकट्टीस्थित पत्रकार विनोद मण्डलको घरमा मंगलबार राति करीब ३ बजे राती चोरी भएको छ। अज्ञात चोरको समूहले मण्डलको पुरानो घरको ताला फोडी दराज खोलेर नगद, गहना र वर्षौदेखि जम्मा गर्दै आएको खुत्रुके समेत चोरी गरेका छन्।
धनगढीमाई नगरपालिका क्षेत्रमै पछिल्ला महिनामा चोरीका घटनाहरू बढिरहेको पत्रकार मण्डलले बताएका छन्। तर, अपराधी पत्ता लगाउने भन्दा पनि प्रहरीले सामान्य अनुसन्धानमै सीमित भएको आरोप पनि छ। यस घटनाले फेरि पनि गाउँघरमा सुरक्षा चुनौती रहेको प्रष्ट पारेको छ।
मण्डलका अनुसार, चोरहरूले पुरानो घरको मुख्य ढोकाको ताल्चा फोडी दराज भित्र राखिएको सरसम्मान चोरेका हुन ।चोरले दराजमा रहेको नगद ५ हजार रुपैयाँ, एक जोर पायल, आधा तोला सुनको तिलहरी र सन् २०७० सालदेखि जम्मा गर्दै आएको व्यक्तिगत खुत्रुके समेत चोरले लिएर गएका छन्। उक्त खुत्रुके मण्डलले मेहनतको कमाईबाट वर्षौदेखि सानो–सानो रकम जम्मा गरेर राखेका थिए। घटना बारे जानकारी पाएलगत्तै स्थानीय पत्रकार हेमप्रसाद पासमानको सहयोगमा मण्डलले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुगमन गरेको र अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। तर, अहिलेसम्म चोरको पहिचान हुन सकेको छैन।

मण्डल पेशाले पत्रकार भएको कारण मंगलबार दिनभर जिल्ला भित्रका विभिन्न स्थानमा रिपोर्टिङ व्यस्त रहे । उनले दिनको समयमा सप्तरीको सुरुङा क्षेत्रसम्म पुगेर समाचार संकलन गरेपछि बेलुकी गाउँमै भएको फुटबल खेल र त्यसपछि विजयादशमीको अवसरमा आयोजित झिझिया कार्यक्रमको समेत रिपोर्टिङ गरेका थिए । घर फर्कंदा रात परीसकेको कारण उनी घर बाहिर रहेको खाटमा सुतेको थियो थकित अवस्थामै घरको अगाडिको खाटमा पल्टेर सुतेका मण्डललाई कतै चोरी हुन सक्ने भन्ने शंका समेत थिएन। तर, राति नै अज्ञात चोरले घरको ताल्चा फुटाई चोरी गरेका हुन्।

पत्रकार मण्डलले यस घटनाप्रति दुःख प्रकट गर्दै भने, “पत्रकारिताको पेशा नै समाजको आवाज उजागर गर्ने काम हो, तर हाम्रो घरमै चोरले हात हालेपछि असुरक्षा बढेको महसुस भएको छ। उनी लामो समयदेखि स्थानीयस्तरमा जनसरोकारका समाचार कवरेज गर्दै आएका छन्। समाजका समस्या उजागर गर्ने पत्रकारको घरमै चोरी हुनु आफैंमा चुनौतीपूर्ण सन्देश भएको भन्दै दुखेसोपोखेका छन्। उनले चोरी भए लगत्तै प्रहरी प्रशासनले चोरको पहिचान गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑