लहान,२१ असार । आज नेपाल सहित विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। प्रत्येक वर्षको जुलाई पहिलो शनिबार मनाइने यस दिवसको यस पटकको मूल नारा सहकार्यको माध्यमबाट दिगो भविष्यतर्फ रहेको छ।
अन्तर्राष्ट्रिय सहकारी दिवस सन् १९२३ देखि मनाउन थालिएको हो भने संयुक्त राष्ट्रसंघले यसलाई सन् १९९५ देखि औपचारिक मान्यता दिएको हो। यो दिवस सहकारी मूल्य र सिद्धान्तको प्रचारप्रसार गर्दै सहकारी अभियानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार नेपालमा सहकारी क्षेत्रले ग्रामीण विकास, आर्थिक समावेशिता र महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। हाल देशभर करिब ३५ हजारभन्दा बढी सहकारी संस्था क्रियाशील छन्, जसले लाखौं नेपालीको आर्थिक जीवनमा सकारात्मक प्रभाव पारेका छन्।
सहकारी अभियानले समावेशी आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ। सरकारले सहकारी क्षेत्रलाई अझ पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन आवश्यक नीति सुधार गर्दैछ।
यसका अतिरिक्त, देशभरका सहकारी संस्थाहरूले र्याली, वृक्षरोपण, वित्तीय साक्षरता कार्यक्रम, कृषक सम्मान तथा विविध सामाजिक गतिविधिहरू पनि आयोजना गरेका छन्।