शम्भु चौधरी, लहान १४ असार । धनगढीमाई नगरपालिका अन्तर्गत सन्चालित बालिका शिक्षा तथा शसक्तिकरण कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई सुरक्षित तथा समतामुलक शिक्षामा पहुँचका लागि वार्षिक सम्वाद कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
विद्यालय अन्तर्गतका बालबालिकाहरु कसरी सुरक्षित र विना भेदभाव रहित सम्मान व्यवहारका साथ शिक्षामा पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम सन्चालन भएको आयोजक संस्था समग्र जनउत्थान केन्द्र लहानका परियोजना संयोजक देव कुमार महतोले बताए । संयोजक महतोको अनुसार बालबालिकाहरु प्रति विद्यालयमा भइरहेको नाकारात्मक गतिविधिरुलाई विद्यालयका सबै सरोकारवलाहरु मिलि कसरी सहज बनाउनु पर्ने हो त्यस विषयमा सरोकारवालाहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा श्री जनता मावि बेतहा भवानीपुर, श्री हिमालय मावि सिमलटोकी, श्री मावि कुर्वा र श्री तु. स. डो. मा. वि. विष्णुपुरकट्टीका विद्यार्थी तथा शिक्षकहरुको सहभागी थिए ।
धनगढीमाई नगरपालिकाका नगर उपप्रमुख संगिता चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष चौधरीका अनुसार शिक्षामा बालबालिकाहरुको पहुँच हुनु सराहनिय कुरा हो तर मधेश प्रदेशको बेटी बचाउ बेटी पढाउ भन्ने नारा कता कता सुन्न आफैँमा घिन लाग्छ । किनकी, बेटी पढाउन सबैले जोड दिन्छ तर बेटी बचाउन कसैले ध्यान दिदैँन । त्यसकारण बेटी जातीहरु अचेल आफैँमा असुरक्षित छन् ।
विद्यालयसँग सम्वन्धित सरोकारवालाहरु विद्यार्थी, शिक्षक, विद्यालय व्यवास्थापन समिति, वडा अध्यक्ष, शिक्षा समिति, नगर शिक्षा संयोजक, सन्चारकर्मी र स्थानिय सरकारको प्रमुख, उपप्रमुख समेतको उपस्थिति रहेका थिए ।
केयर नेपालको सहयोग, धनगढीमाई नगरपालिकाको समन्वय र समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।