शम्भु चौधरी, लहान १३ असार । धनगढीमाई नगरपालिका २ मा पालिका स्तरिय अन्तर विद्यालय लैंगिक हिंसा विरुद्धमा चित्रकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
प्रायः हाम्रो समाजमा विभिन्न खाले हिँसात्मक गतिविधिहरु केहि मात्रामा देख्न र सुन्न पाइन्छ । सामाजिक तौर तरिकाबाट हेर्दा स साना कुरामा पनि ठुल ठुला हिँसात्मक घटनाहरु भएको पाइन्छ । यस्ता विभिन्न खाले घट्ना परि घट्नालाई बालबालिकाहरु मार्फत चित्रकला प्रर्दशन गरी सो घट्नाहरुलई न्यूनिकरण गर्ने उदेश्यले यो चित्रकला प्रतियोगिता गरिएको समग्र जनउत्थान केन्द्र लहानका फिल्ड सुपरभाइजर सुरेश कुमार चौधरीले बताए । सुपरभाइजर चौधरीका अनुसार यस प्रतियोगितामा नगरका ३ वडा भरिका ४ ओटा मावि सहभागि हुने साथै प्रथम, द्वीतिय र तृतिय हुनेलाई कप, मेडल र प्रमाण पत्र प्रदान गर्ने बताए ।
सहभागी विद्यालयहरु मध्ये श्री हिमालय मा. वि. सिमलटोकी बाल क्लव प्रथम, श्री जनता मावि बेतहा सूर्योदय बाल क्लव द्वीतिय, श्री तु. स. डो. मा. वि. विष्णुपुरकट्टी तुलसी बाल क्लव तृतिय र हनुमान बाल क्लव श्री मा. वि. कुर्वा सान्तोना पुरुस्कार प्राप्त गरेको आयोजक संस्था समग्र जनउत्थान केन्द्र लहानका परियोजना संयोजक देव कुमार महतोले बताए ।
बालिका शिक्षा तथा शशक्तिकरण कार्यक्रम अन्तरगत सञ्चालित, समग्र जनउत्थान केन्द्र लहान र केयर नेपालको सहयोग, धनगढीमाई नगरपालिका सिरहाको समन्वय र नमुना बाल क्लव धनगढीमाई नपा सिरहाको आयोजनामा लैँगिक हिँसा विरुद्धमा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियागिता समारोहका प्रमुख अतिथि धनगढीमाई नगरपालिका २ का वडा अध्यक्ष हमिद राइन प्रमुख अतिथि रहेको थियो । कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधि शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।
चित्रकला प्रतियोगिता कार्यक्रम नमुना बाल क्लवकी अध्यक्ष अनुष्का चौधरीकी अध्यक्षतामा सम्पन्न भएको हो ।