• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 18, Jul, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुरुङ्गा ८ मा डकैती, एक जनाको मृत्यु, एक गम्भीर घाइते

नेपाल पोस्ट दैनिक
    June 6, 2025  मा प्रकाशित

Spread the love

लहान २३ जेठ। सप्तरीको सुरुङ्गा नगरपालिका ८ मा गए राति डकैती पछिको आक्रमणमा परि एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । स्थानीय कन्तलाल चौधरीको घरमा गए राति करिब १ बजे अपरिचित डकैती समूहले धावा बोलेको थियो। सप्तरी प्रहरीले दिएको जानकारी अनुसार लुटपाटका क्रममा प्रतिरोध गर्दा डकैत समूहले धारिलो हतियार र गोली प्रयोग गरेका थिए।

सो आक्रमणमा घरधनी ५५ वर्षीय कन्तलाल चौधरीको घटना स्थलमै मृत्यु भएको हो। उनलाई बचाउन गएका छिमेकी रामाकान्त चौधरी गम्भीर घाइते भएका छन् । हाल घाइते चौधरीको लहान स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। डकैत समूहले घरबाट करिब ५ तोला सुन, २ किलो चाँदी र नगद रकम समेत लुटेर लगेका छन्। घटनापछि डकैत समूह फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरीको मृत्यु गोली लागेर वा धारिलो हतियारको प्रहारले भएको भन्ने यकिन पुष्टि भइनसकेकोले घटनाको सूक्ष्म अनुसन्धान जारी रहेको छ। घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ। सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार यस घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरिएको छ। “डकैत समूहको खोजीका लागि सुराकी संकलन र प्राविधिक अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,” उनले भने। स्थानीयहरू डकैतीको यो घटनाले स्तब्ध बनेका छन्। रातको समयमा यस्तो सुनियोजित लुटपाट तथा हत्याले सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
  • देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
  • पीडित यादव अझै न्यायको लागी भौतारी दै
  • मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    • पछिल्ला
    • लोकप्रिय
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहानमा उच्च प्रविधियुक्त डेन्टल क्लिनिक, मन्त्रीद्वारा उद्घाटन
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑