• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान नगरपालिकाद्धरा नगर भित्रका विद्यालयहरूमा सिलिङ पंखा जडान सुरु

नेपाल पोस्ट दैनिक
    May 16, 2025  मा प्रकाशित

Spread the love
      

लहान २ जेष्ठ । गर्मी कारण पठनपाठन प्रभावित हुन थालेपछि लहान नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूमा सिलिङ पंखा जडानको काम सुरु गरेको छ। गर्मीका कारण कक्षामा बस्नै नसक्ने अवस्था देखिए पछि नगरपालिकाले विद्यालयमा शैक्षिक वातावरण सुधार गर्न पंखा जडानको अभियान थालेको हो।

लहान नगरपालिकाका मेयर महेश कुमार चौधरीका अनुसार विद्यालयका प्रधानाध्यापकहरूलाई कक्षा कोठाको संख्याका आधारमा पंखा वितरण गरिएको छ। मेयर चौधरीका अनुसार विद्यार्थीलाई सहज वातावरणमा पढ्न सक्ने बनाउने उद्देश्यले पहिलो चरणमा ३३० थान सिलिङ पंखा वितरण गरेका छौं।”

हाल नगर भित्र ५९ वटा सामुदायिक विद्यालयमा १७ वटा मावि र ४२ वटा आधारभूत विद्यालय रहेका छन् । अधिकांश विद्यालयमा कक्षाकोठा त भए पनि आवश्यक भौतिक पूर्वाधारको अभावका कारण गर्मी मौसममा पठनपाठन प्रभावित हुँदै आएको थियो। धेरै विद्यालयमा पंखाको व्यवस्था नभएको कारण विद्यार्थीले कक्षा नै छाड्ने अवस्था आइपरेको थियो।

“अब प्रत्येक कक्षामा कम्तीमा एक वटा पंखा हुने व्यवस्था मिलाइँदैछ,” मेयर चौधरीले भने, “एक कक्षा, एक पंखा भन्ने नीतिअनुसार वितरण सुरु गरेका छौं।” नगरपालिकाले पहिलो चरणपछि बाँकी कक्षाकोठामा पनि क्रमशः पंखा उपलब्ध गराउँदै लैजाने योजना बनाएको छ। स्थानीय तहबाट विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि चालिएको यो कदमप्रति अभिभावक तथा विद्यालय परिवारले सकारात्मक प्रतिक्रिया दिएका छन्।

स्थानीय शिक्षकहरुका अनुसार पंखा जडानसँगै कक्षाकोठामा तापक्रम कम भई विद्यार्थीको ध्यान पढाइमा केन्द्रित हुन थालेको छ । गर्मीबाट राहत पाएपछि पठनपाठनमा सुधार आउने विश्वास गरिएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑