शम्भु चौधरी लहान २५ वैशाख । हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेका छन ।
स्थानिय भाषालाई उजागर गर्ने उद्देश्यले मधेश प्रदेशमा पहिलो पटक स्थानिय पाठयपुस्तक पालिकाले सार्वजनीक गरेका छन । पुस्तक सर्वाजानीक गर्दै पालिका अध्यक्ष यादवले भने नवराजपुर गाउँपालिकाले स्थानिय आवश्यकता, स्थानिय सहभागिता, स्थानिय विषयवस्तु र स्थानिय विज्ञतालाई समेटर केन्द्रिय पाठ्यक्रमकै अंशका रुपमा स्थानिय पाठ्यक्रम तयार गरिएको छ ।
पाठ्यक्रमले नवराजपुर गाउँपालिकाको भुगोल, संस्कृति, प्रकृतिक सम्पदा, पर्यटन, स्थानिय घरेलु सामान, स्थानिय प्रविधि, हाम्रा सामाजिक संघ संस्था, कृषि, फलफूल, तरकारी साथै पशुपन्छि जस्ता विषय क्षेत्र छनौट गरी पाठ्यक्रम निर्माण गरेको बताए ।
यीनै विषय वस्तुलाई सक्षमता पुरा गराउने उदेश्यले शृंखलावद्ध रुपमा कक्षा १ देखि ८ सम्म स्थानिय पाठ्यपुस्तकहरुको विकास गर्नमा जोड दिएका छन् । अहिले १, २ र ३ कक्षाको पुस्तक प्रकाशन गरिसके छौँ । अब अर्को वर्षमा कक्षा ४, ५ र ६ को पुस्तक प्रकाशन गर्ने सम्मेलन मार्फत बताए ।