शम्भु चौधरी लहान १३ बैशाख । सिरहाको नवराजपुर गाउँपालिका २ मा १० गतेको राति अज्ञात समूहले विद्युतीय ट्रान्सफर्मर तोडफोड गरी चोरी गरेका छन्। स्थानीयका अनुसार करिब ३–४ वर्ष अघि कमला सिचाइ योजना अन्तर्गत पूर्व वडा अध्यक्ष खुशीलाल साहले १ करोड रुपैयाँ भन्दा बढीको बजेटमा उपभोक्ता समूह मार्फत ५० वाटको ट्रान्सफर्मर जडान गरेका थिए ।
अज्ञात समूहले ट्रान्सफर्मर तोडफोड गरी तामा क्वाईल, तेल सहित गहुँ, धान, चामल कम्पाईनमा लाग्ने पार्टपुर्जा जस्ता समान करिब दुई लाख बराबरको सामग्री लुटपाट गरेको एक स्थानियले बताए ।
स्थानीय बासीन्दाका अनुसार यस्तो ट्रान्सर्फमर खोल्ने काम अन्य कसैबाट हुन नस्क्दा यो काम सम्बन्धित विद्युतका कर्मचारी वा यस सम्बन्धिका जानकारहरुले मात्र खोल्न सक्ने आरोप लगाएका छन ।
पूर्व वडा अध्यक्ष साह फर्जी नागरिकता सिफारिसको आरोपमा पक्राउ परेको चार दिन नपुग्दै यस्तो घटना भएको हो । पूर्व वडा अध्यक्ष साह की भाउजुका अनुसार यो काम वर्तमान वडा अध्यक्ष सुरेश कुमार यादवको भएको ठोकुवा गरेकी छिन ।
वर्तमान वडा अध्यक्ष सुरेश कुमार यादवले भने लोकतन्त्रमा विरोध गर्न र अभियोग लगाउन सवैले पाउछ तर मेरो माथि लगाईएको यस्तो आरोप बेबुनियाद र मन ग्रथ भएको बताए । आफू निर्दोष रहेको दाबी गर्दै गहिरो अनुसन्धानका लागि आग्रह गरेका छन् । यदि दोषी प्रमाणित भए कानुनी बमोजिम कडा भन्दा कडा सजाय भोग्न तयार छु, उनले बताएका छन्।
घटनाको अनुसन्धान झाझपटटी थाना र ईलाका प्रहरी कार्यालय पतारी प्रहरीबाट भइरहेको बताईएको छ।