शम्भु चौधरी लहान ९ बैशाख । मधेशका जनताहरुमा गैरमधेशीद्धरा बनाईएको निति लाधिएको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले बताएका छन ।
जसपा नेपालको प्रथम जिल्ला अधिवेशन सिरहाको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका छन । अगाडी थप गर्दै यादवले भने मधेशमा मधेशीको अस्तुत्व मिटाउने सरकारको मनसाय रहेको बताए । मधेशमा ५४ प्रतिशत जनसंख्या भएको ठाउँमा ५४ प्रतिशत हिसा पनि दिनु पर्ने हो नि तर यो भष्ट्र सरकारलाई त्यस प्रकोका सोच छैन आक्रोस पोखे । अरु प्रदेश भन्दा सबभन्दा गरीबी, शिक्षको कमी तथा बेराजगारी यसै मधेश प्रदेशमा रहेको बताए । नेकपा एमाले,नेपाली कांग्रेस, नेकपा एस तथा नेकपा माओवादी जस्ता पार्टीका नेताहरुलाई दासको संज्ञा दिएका छन । जो दास हो उ अरुलाई उकासन नसकिने बताए ।
अधिवेशनमा उपस्थित नेकपा एमालेका सिरहा जिल्ला उपाध्यक्ष तथा सिरहा नगरपालिकाका नगर प्रमुख डा.नविन कुमार यादवका अनुसार म नेकपा एमालेका जिल्ला उपाध्यक्ष भए पनि पहिला मधेशी हुँ । म आफुलाई मधेशी भएकोमा गर्व गर्दछु । म हमेशा मधेशीको लागी बोल्छु र मधेशीको लागी लडिरहन्छु किनकी म एउटा मधेशी नागरीकको रुपमा परिचित छु ।
त्यस्तै नेकपा माओवादीका केन्द्रिय सदस्य हरीनारायण चौधरीका अनुसार संगठन संचालनको निम्ती दुई विधि र नितिको आवश्यक पर्दछ । एक निति संगठन र दास्रो सक्षम नेतृत्व । पहिचानको अत्रो आन्दोलनमा अति ठुलो बलिदानी भयो त्यसको खासै फलदायी परिणाम नआएको महसुस भएको छ । हामी ठुला ठुला नेताहरुको हुकारमा जान बाध्य हुन्छौ । त्यस कारण समग्र मधेशको विकासको निम्ती हामी बिच सघन छलफल हुनु जरुरी रहेको बताए ।
जिल्ला अधिवेशन सिरहाको गोलबजारमा बैशाख ८,९ र १० गरी जम्मा तिन दिन सम्म चल्ने आयोजक समितिले जनाएका छन