शम्भु चौधरी लहान ३० चैत्र । लहान न पा १८ अमही स्थित नबौ पकडियागढ महोत्सव आजबाट शुरु भएका छ । चैत्र ३० गते देखि २०८२ वैशाख २ गते सम्म चल्ने सो महोत्सवको उदघाटन लहान नगर पालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले विधिवित रुपमा गरिएको हो । प्रमुख अतिथि चौधरीका अनुसार पकडियागढ धाममा राजा कुल्हेश्वरको दरबार निर्माण गर्न प्रदेश र सङ्घका पर्यटन मन्त्रालयबाट बजेट व्यवस्थापन गर्ने बताए ।
कार्यक्रममा भूबनेश्वर प्रसाद महतो विष्णुदेव चौधरी,वडा नम्बर ९ ,१८ र १५ का वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
पकडियागढ सामुदायिक संरक्षण संस्था लहान १८ को अध्यक्ष गंगाबहादुर राउत क्षेत्रीको अध्यक्षता महोत्सव शुरु भएको हो ।