शम्भु चौधरी लहान २३ चैत्र । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली २६ गते मंगलबार सिरहा आउने भएका छन् ।
एमाले सिरहाको ११ औं जिल्ला अधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने कार्यक्रम तय भएकोछ । सिरहा सदरमुकाम स्थित श्री सूर्य नारायण म्बैता बहमुखि क्याम्पसमा चैत २६, २७ र २८ गते जिल्ला अधिवेशन गर्न लागेको हो ।
२६ गते खुल्ला सत्रलाई सम्बोधन गर्न ओलि सिरहा आउने भएको एमाले जिल्ला अध्यक्ष डा. नविन क्मार यादवले बताए ।