शम्भु चौधरी लहान, १३ माघ । खुट्टी नहरको पानी किसानको खेत खेतमा पुर्याउने हेतुले विगतका दिनदेखि लहानका किसानहरु आन्दोलित भएका छन् । त्यसै आन्दोलनलाई मध्यनजर गर्दै मेयर महेश प्रसाद चौधरीले आन्दोलनरत किसानहरुलाई वार्ताबाट समस्या सामाधान गर्न आज पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् ।
मेयर चौधरीका अनुसार म किसान विरोधी होइन, म पनि किसानको खेत खेतमा पानी पुगोस भन्ने चाहन्छु तर वर्षौदेखि पानी निकासा नभएको नहरलाई सिचाइको रुपमा पनि र बजारलाई सौन्दर्यकरण गर्नलाई पनि मेरो सोच रहेको छ । नहरको फोहोरले गर्दा लामखुट्टे हैरान पारेको आम बजार बासीको गुनासो छ । त्यस उसले बजार तिर आउने नहरलाई हुम पाईप मार्फत सिचाइ व्यवस्थापन गर्ने र बजार सौन्दर्यकरण गर्ने पनि मेरो सोच रहेको छ । खुल्ला नहरको लागि जे एस क्याम्पस तिर जाने नहरलाई व्यावस्थान गर्न आवस्यक रहेको बताए । त्यसबाट बजार पश्चिमका सम्पूर्ण किसानहरुको खेत खेतमा पानि पुग्न सकिन्छ भन्ने मेरो विश्वास छ ।
नहरसँग सम्न्धित र प्रविधिक र जानिफकारहरुसँग समोन्वय र सहकार्य गरि सबैको भलो हुने कार्यमा हातोमालो गरी अगाडी बढ्न समेत आग्रह गरेका छन् । नहरलाई मुद्धा बनाई राजनिति नगर्न पनि मेयर चौधरीले आग्रह गरेको छन ।
हामी पनि शान्ति चाहन्छौँ, आन्दोलन चाहदैनौ त्यसैले आन्दोलनरत किसान दाजु भाइहरुलाई वार्तामा आइ समस्या समाधान गर्न आग्रह गर्दछु ।