शम्भु चौधरी लहान २७ पुस । साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्रध धनगढीमाई नगरपालिका २ सिरहाको अध्यक्ष पदमा रामअवतार महतो सर्वसम्मतले चयन भएको छ ।
शुक्रवार १५ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट ९ सदस्य सञ्चालक समिति सहित महतो अध्यक्ष पदमा चयन भएको निर्वाचन समितिका संयोजक रामचन्द्र साहले बताए ।
धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोको प्रमुख आतिथ्यमा सभा सम्मपन्न भएको थियो । प्रमुख अतिथि महतोका अनुसार सहकारी क्षेत्रमा धनगढीमाई सबभन्दा धनी रहेको बताए । विगतका वर्षदेखि किसानहरुमा विभिन्न प्रकारका विउ विजन तथा कृषि सामाग्रीहरु वितरण गरिएको बताए । साथै कृषि सहकारी मार्फत किसानहरुको हकहितका लागि आगामी दिनमा विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गरिने प्रतिवद्धता गरेका छन ।
कार्यक्रममा सहकारीका प्रवन्धक गिता कुमारी चौधरीले १७ करोड १५ लाख ४२ हजार ८ सय ८९ रुपियाँ ८० पैसाको कारोवार भएको शेयर धनिहरुलाई जानकारी गराए । सहकारीबाट ज्येष्ठ नागरीकलाई सम्मान तथा बालबालिकाहरुलाई प्रोतसहन स्वरुप झोला वितरण गरेको प्रबन्धक चौधरीले बतए ।
कार्यक्रम सहकारीका अध्यक्ष मागैन महतोको अध्यक्षतामा सम्पन्न भयो ।