शम्भु चौधरी लहान,२६ पुस । आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि धनगढीमाई न पा २ भवानीपुर सिरहाको १५ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । शेयर धनि भएको प्रत्येक गाउँमा गएर आठौ कलस्टर सभा सम्पन्न गरी नवौ कलस्टरमा आई १५ औं वार्षिक साधारणले पुर्णता पाएको सहकारीका सचिव ज्ञानदिप चौधरीले बताए ।
धनगढीमाई नगरपालिकाका नगर उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा सभा सम्पन्न भएको छ । प्रमुख अतिथि चौधरीका अनुसार बचत हामी सबैले गर्नु पर्ने कार्य हो, बचत हाम्रो सम्पति पनि हो । त्यसैले बचत आफना भविष्यका सन्ततीका लागी भए पनि गर्नु पर्ने हुन्छ । यस सहकारीले गरेको कार्य प्रति एकदमै खुशि भएको छु ।
सभामा सहकारीका कोषाध्यक्ष ईन्द्रदेव चौधरीले वर्ष भरीमा १ करोड १८ लाख ८९ हजार ७ सय ५२ पैसा २७ को कारोबार भएको प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिधि विभिन्न संध संस्थाका प्रतिनिधि सहभागी रहेको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष भगानी लाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।