शम्भु चौधरी लहान, २५ पुस । धनगढीमाई नगरपालिका अन्तर्गत २९ जना द्धन्द्ध प्रभाभित व्यक्तिहरु रहेको समग्र जनउत्थान केन्द्र लहानले तयार पारेको तथांकमा रहेको छ । महिला तथा सिमान्तकृतहरुको लागी न्यायमा सुदृढिकारण परियोजना अन्तर्गत २ जना महिलालाई आफनो जिविकोपार्जनको लागी एक कार्यक्रम बिच सिलाई मेसिन प्रदान गरिएको छ ।
कार्यक्रम बिच धनगढीमाई नगर पालिकाका नगर उपप्रमुख संगिता कुमारी चौधरीका अनुसार तपाईहरु सिप सिक्नु भएको छ अब मेसिन पनि पाईसक्नु भो यसलाई सहि रुपमा सदुपयोेग गरि आफु र आफनो परिबारको लागी केही गर्नु हुनेछ भनी म विश्वास लिएकी छु । यसलाई त्यसै थन्काएर न राख्नु होला ।
ईन्टरनेश्नल अलर्टको आर्थिक सहयोग तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । मेशिन द्धन्द्ध पिडितबाट २ जना बेचनी यादव र विभा कुमारी महतोलाई प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगरका प्रमुख शिवशंकर महतोका अनुसार द्धन्द्ध परिवारलाई समग्र जनउत्थान केन्द्र संस्थाले जुन प्रकारको रोजी रोटिको लागी लुगा सिउने मेसिन उपलब्ध गराउनु भएको छ त्यो आफैमा नै एउटा सराहनिय कार्य हो । जसले आय आर्जनका माध्यमबाट आफनो परिवारको पलन पोसनमा मदत पुगन सक्ने बताएका छन ।
कार्यक्रम समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष राम भरोसी महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।