• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान:देशकै ठूलो नगरपालिकाको दीर्घकालीन योजना

नेपाल पोस्ट दैनिक
    January 5, 2025  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान, सिरहा – राजनीतिक स्थायित्व र जनताको अपेक्षालाई पूरा गर्न नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको छ। सरकार गठनको उद्देश्य स्थायित्व कायम गर्दै लोकतान्त्रिक अधिकारको रक्षा र आर्थिक विकासलाई गति दिनु रहेको उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बताएका छन्।
मन्त्री सिंहले लहानमा आयोजित कार्यक्रममा “कृषिलाई प्राथमिकता दिएर किसानको जीवनस्तर उकास्नुपर्छ,” भन्दै योजनाबद्ध विकासको खाँचो औंल्याए। “स्थान पहिचान गरी दीर्घकालीन विकास निर्माणमा लाग्नुपर्छ,” उनले थपे।
लहान नगरपालिकाको १५ औं नगर सभा नगर प्रमुख महेश प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा नगर उपप्रमुख राम चलितर महतो, कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव, प्रमुख जिल्ला अधिकारी बासुदेव दहाल, जिल्ला प्रहरी प्रमुख रमेश पण्डितलगायतका अतिथिहरूको उपस्थिति थियो।
कार्यक्रममा नगर प्रमुख चौधरीले पछिल्लो समय सम्पन्न भएका कार्यहरूको विवरण प्रस्तुत गरे। प्रमुख अतिथि मन्त्री सिंहले लहानलाई देशकै ठूलो नगरपालिका भन्दै यस क्षेत्रको विकासका लागि थप प्रभावकारी योजना बनाउने प्रतिबद्धता जनाए।
नगरप्रमुख चौधरीले सभामा जनप्रतिनिधि र कर्मचारीहरूसँग समन्वय गरी आगामी योजनाहरूलाई गति दिनुपर्नेमा जोड दिए। कार्यक्रममा नगरपालिकाका २४ वडाका अध्यक्ष र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सहकार्य र स्थायित्वमार्फत विकास निर्माणका लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित अधिवेशन सम्पन्न भएको छ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑