शम्भु चौधरी लहान, १३ पुस । घटना ८ गते सोमबार बिहान करीब ८ बजेको हो । मधेश प्रदेश सांसद सहिदा खातुन र उनको परिवारमाथि गोलबजार– न पा १३ दुर्गापुरमा मदरसाका हिरहिसाब तथा बिना मेरो ईजाजतको मेरो घरको भिडियो अरुले किन बनाएको भन्ने विषयलाई लिएर केहि व्यक्तिहरुले संघातिक हमला गरेका छन्।
फोटो तथा भिडियो स्थानिय अजिज मोहम्मदले खिचेको थियो ।
सांसद खातुनका अनुसार, उनीसहित उनका श्रीमान्, छोरा, दाजु, भाइ, बुहारी, र अन्य परिवारका सदस्यहरू घाइते भएका छन्। घाईते हुनेहरुमा सहिदा खातुन, दिल मोहम्मद,हकिम मोहम्मद, सलमा खातुन, सहिम मनसुरी, खैरुल खातुन रहेका छन ।
घाइतेहरूको गोलबजार स्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ । प्रहरीद्वारा घटनामा संलग्न तिनजनालाई पक्राउ गरीएको छ । पक्राउ पर्नेमा आलम मियाँ,अजिज मोहम्मद र रजबुल मोहम्मदलाई नियन्त्रणमा लिएको छ ।
राजाबुल पक्राउ गर्नु पर्नेमा रजबुललाई धोकामा पक्राउ गरेको पिडित खातुनले बताईन ।
घाइतेहरूको उपचार जारी रहेको छ ।