• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नगरस्तरीय हाजिरी जवाफ सम्पन्न,शिक्षामा नयाँ प्रेरणा

नेपाल पोस्ट दैनिक
    December 24, 2024  मा प्रकाशित

Spread the love

महेश सिंह लहान – धनगढीमाई नगरपालिका-७ स्थित श्रमजिवी अस्पतालको प्राङ्गणमा मंगलबार नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। टाइम्स एजुकेशन एण्ड रिसर्च सेन्टर प्रा.लि., लहानको आयोजनामा,धनगढीमाई नगरपालिकाको समन्वय र अर्किड पब्लिक सेकेन्डरी स्कूलको प्रायोजनमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता टाइम्स इन्स्टिच्युटका संस्थापक भोलाजित नेपालले गर्नुभयो। प्रमुख अतिथिका रूपमा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा अर्किड कलेजका प्रिन्सिपल सिएम श्रेष्ठ, श्रमजिवी अस्पतालका सञ्चालक पञ्चलाल महतो, अर्किड कलेजका निर्देशक दीपेश बास्तोला र शिक्षा शाखा प्रमुख सावित्री कुमारी साह सहभागी हुनुहुन्थ्यो।
प्रतियोगितामा नगरका १४ विद्यालय (६ निजी र ८ सामुदायिक)का विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगितामा सुनगाभा स्कूल प्रथम, सगरमाथा प्राज्ञ पीठ दोस्रो र विश्व शान्ति स्कूल, जिरोमाइल तेस्रो स्थानमा रहे। विजयी विद्यालयहरूलाई शिल्ड, प्रमाणपत्र र छात्रवृत्ति प्रदान गरिएको छ।
अर्किड कलेजले विजेताहरूलाई छात्रवृत्ति योजना सार्वजनिक गरेको छ। पहिलो स्थान प्राप्त विद्यार्थीलाई ८० प्रतिशत, दोस्रो स्थानलाई ७० प्रतिशत र तेस्रो स्थानलाई ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिनुभयो। कलेजले प्रतियोगितामा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई करिब २२ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा करिब एक हजार दर्शकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। शिक्षा शाखा प्रमुख सावित्री कुमारी साहले यस्ता प्रतियोगिताले विद्यार्थीलाई अध्ययनमा प्रेरणा दिने र भविष्यमा सरकारी सेवामा उच्च स्थान हासिल गर्न मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
आयोजक संस्थाका संस्थापक भोलाजित नेपालले प्रतियोगिताले निजी र सामुदायिक विद्यालयहरूबीच समन्वय र सहकार्यको भावना विकास गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभयो।
प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • घरायसी विवादमा ६ जना गम्भीर घाइते
  • ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
  • जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑