• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा महिला उत्थानका लागी सार्बजनिक सुनवाइ

नेपाल पोस्ट दैनिक
    December 9, 2024  मा प्रकाशित

Spread the love
      

राम सेवक राम,लहान – ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक सशक्तीकरण र अधिकार सुनिश्चितताका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा “ग्रामीण कृषक महिलाहरूको अधिकार र योगदान सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रम दिदीबहिनी संस्थाको आयोजनामा तथा लक्ष्मीपुर पतारी गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो। संयुक्त कार्यक्रम ग्रामीण महिला आर्थिक सशक्तीकरणको समन्वय र सहकार्यमा कार्यक्रम संचालनमा रहेका छन्। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन,कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष,संयुक्त राष्ट्रसंघ महिला,विश्व खाद्य कार्यक्रम,सुनुवाई कार्यक्रममा सिरहा र सप्तरीका विभिन्न स्थानीय तहका महिलाहरूले कृषि क्षेत्रमा भोगिरहेका समस्या र समाधानका उपायहरूमाथि आफ्ना विचार खुलस्त रूपमा राखेका थिए। सिरहाको लक्ष्मीपुर पतारी, सखुवानान्कारकट्टी र कर्जन्हा नगरपालिकाका साथै सप्तरीको छिनमस्ता र तिलाठी कोइलारी गाउँपालिकामा यस कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यक्रमको सहजीकरण रिता साहले गरिन्। आयोजकका अनुसार ५० जना महिला कृषकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी महिला किसानहरूले आफ्नो अनुभव, समस्या, र माग प्रष्ट रूपमा प्रस्तुत गरे।
सुनिता मण्डलले कृषि मेसिन र आधुनिक उपकरणहरूको अभावले उत्पादनमा समस्या परेको बताइन्। उनले भनिन्, “हामीले खेत खनजोत गर्न समेत भारी मेसिनको अभाव भोगिरहेका छौँ। कम समय र सस्तो लागतमा खेती गर्न यान्त्रिकीकरणको खाँचो छ।”
रानी कापरले समयमा बीउ, मलखाद, र कीटनाशक औषधिको आपूर्ति नहुँदा खेतीमा क्षति पुग्ने समस्या सुनाइन्। “बाली लगाउने बेला समयमा मलखाद उपलब्ध नहुँदा उत्पादन घटेको छ। सरकारले किसानलाई प्राथमिकतामा राखेर मल वितरणको प्रक्रिया सुधार गर्नुपर्छ,” उनले जोड दिइन्।
सुनिता कुमारी दासले महिलाहरूको कृषि क्षेत्रमा ठूलो योगदान हुँदाहुँदै पनि उचित पहिचान नपाएकोमा दुःख व्यक्त गरिन्। “खेतीमा महिलाहरूको मिहिनेत प्रमुख भए पनि प्रायः सबै ठाउँमा किसानको रूपमा पुरुषको नाम लेखिने परम्परा छ। यो सुधार हुनुपर्छ,” उनले भनिन्।
सिता देवीले सिचाइको अभावले गर्दा सिंचित खेती गर्न असम्भव भएको बताइन्। “सुक्खा बालीमात्र फलाएर घरपरिवार धान्न गाह्रो छ। गाउँगाउँमा सिचाइ सुविधाको विस्तार गर्न राज्यले ठोस योजना ल्याउनु जरुरी छ,” उनले भनिन्।
ललिता देवीले बिद्युतीकरणको अभावले कृषि उत्पादनमा ठूलो असर परेको गुनासो गरिन्। उनले भनिन्, “हामीले सिचाइ र पानी तानेर सिंचाइ गर्न विद्युतीय मोटर चलाउनुपर्छ। तर, बिद्युतीकरण नहुँदा समयमै काम गर्न सकिरहेका छैनौँ।”
चन्दा कुमारीले ग्रामीण महिलाहरूलाई सहकारीमा पहुँच पुर्‍याउन र सहुलियत कर्जा योजनाहरूलाई महिलामैत्री बनाउन माग गरिन्।
पालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले कार्यक्रमका क्रममा कृषक महिलाहरूको समस्या सुनेर केही ठोस कदमहरू चाल्ने प्रतिबद्धता जनाए।
उनले भने, “फाल्गुन मसान्तभित्र सिचाइको लागि कृषि विद्युतीकरणको काम सम्पन्न गर्नेछौँ। साथै, बीउ, मलखाद, र औषधि समयमै उपलब्ध गराउन पालिकाले नयाँ योजना ल्याउनेछ।”
पालिकाका उपाध्यक्ष अमरकला देवी यादवले महिलामैत्री नीति र कार्यक्रमहरू लागू गर्न आफू प्रतिवद्ध रहेको बताइन्।
दिदीबहिनी संस्थाकी प्रतिनिधि तथा कार्यक्रम सहजकर्ता रिता साहले ग्रामीण महिलाहरूको सशक्तीकरणका लागि दीर्घकालीन र दिगो समाधान आवश्यक रहेको बताइन्। “संविधानले महिलाहरूलाई समान अधिकार दिएको भए पनि व्यवहारमा अझै धेरै समस्या छन्। कृषि क्षेत्रमा महिलाहरूको पहिचान र पहुँच सुनिश्चित गर्न ठोस नीति आउनु पर्छ,” उनले भनिन्।
कार्यक्रमले महिलाहरूको जीवनस्तर उकास्न, उनीहरूको समस्यालाई स्थानीय सरकार र सरोकारवालासम्म पुर्‍याउन र आर्थिक सशक्तीकरणका लागि पहल थाल्न महत्वपूर्ण भूमिका खेलेको छ।सम्बन्धित अधिकारीहरू र सरोकारवालाहरूको ध्यानाकर्षणसहित कार्यक्रमको समापन भएको छ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
  • देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑