• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गलोबल वार्मिङविरुद्ध जेसिजको पहल: लक्ष्मीपुर पतारीमा वृक्षारोपण

नेपाल पोस्ट दैनिक
    December 5, 2024  मा प्रकाशित

Spread the love
      

सिरहा – लक्ष्मीपुर पतारी गाउँपालिका–२ मा आयोजित वृक्षारोपण कार्यक्रममा जेसिजले आफ्नो समाजसेवी भावलाई सशक्त रुपमा प्रस्तुत गरेको छ। पाँचौं दिनको कार्यक्रमअन्तर्गत जनता डोमी चौधरी माध्यमिक विद्यालय, प्राविधिक धारमा वृक्षारोपण गर्दै वातावरण संरक्षण र सामुदायिक योगदानमा थप सकारात्मक पहल गरेको हो।

कार्यक्रम संयोजक शशि शेखर यादव र कार्यकारिणी उपाध्यक्ष नित्य नन्द साहको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले विद्यालयलाई हरियाली र सौन्दर्य प्रदान गर्ने उद्देश्य राखेको थियो। वृक्षारोपण कार्यक्रम विद्यालयका निमित्त प्रधानाध्यापक तारिणी प्रसाद चौधरीको उपस्थितिमा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि तथा जेसिजका पूर्व अध्यक्ष मुरारी प्रसाद साहले समाजसेवाको महत्वबारे धारणा राख्दै विद्यालयका विद्यार्थीलाई थप प्रेरणा प्रदान गरेका थिए। कार्यक्रममा समाजसेवी तथा पूर्व प्याप्सनका जिल्ला कोषाध्यक्ष मनोज सिंह र गाउँ समिति सुधारका वरिष्ठ सल्लाहकार चन्द्र शेखर यादवको पनि विशेष उपस्थिति रहेको थियो।

बर्तमान जेसिज अध्यक्ष उमेश यादवले आफू यही विद्यालयको विद्यार्थी भएको स्मरण गर्दै विद्यालयप्रति मायाको प्रतीकस्वरूप वृक्षारोपण कार्यक्रमलाई विशेष प्राथमिकता दिएको बताए। उनले विद्यालयलाई वातावरणीय दृष्टिकोणले आदर्श बनाउन जेसिजले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।

जेसिजले प्रत्येक वर्ष पर्वको रूपमा सामुदायिक कार्यक्रमहरू गर्दै आएको र यसपटकको वृक्षारोपण कार्यक्रम वातावरणीय सन्देश मात्र नभई, विद्यालय र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन केन्द्रित भएको आयोजकले जनाएका छन्।

विद्यालयका प्रांगणमा सम्पन्न वृक्षारोपण कार्यक्रमले हरियाली र वातावरणीय सन्तुलनका लागि समुदायलाई सन्देश दिन सफल भएको सहभागीहरूले बताए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
  • राजदेवी पञ्चावति मन्दिरको यस वर्षको आम्दानी खर्च सार्वजनिक
  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑