• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गलोबल वार्मिङविरुद्ध जेसिजको पहल: लक्ष्मीपुर पतारीमा वृक्षारोपण

नेपाल पोस्ट दैनिक
    December 5, 2024  मा प्रकाशित

Spread the love

सिरहा – लक्ष्मीपुर पतारी गाउँपालिका–२ मा आयोजित वृक्षारोपण कार्यक्रममा जेसिजले आफ्नो समाजसेवी भावलाई सशक्त रुपमा प्रस्तुत गरेको छ। पाँचौं दिनको कार्यक्रमअन्तर्गत जनता डोमी चौधरी माध्यमिक विद्यालय, प्राविधिक धारमा वृक्षारोपण गर्दै वातावरण संरक्षण र सामुदायिक योगदानमा थप सकारात्मक पहल गरेको हो।

कार्यक्रम संयोजक शशि शेखर यादव र कार्यकारिणी उपाध्यक्ष नित्य नन्द साहको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले विद्यालयलाई हरियाली र सौन्दर्य प्रदान गर्ने उद्देश्य राखेको थियो। वृक्षारोपण कार्यक्रम विद्यालयका निमित्त प्रधानाध्यापक तारिणी प्रसाद चौधरीको उपस्थितिमा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि तथा जेसिजका पूर्व अध्यक्ष मुरारी प्रसाद साहले समाजसेवाको महत्वबारे धारणा राख्दै विद्यालयका विद्यार्थीलाई थप प्रेरणा प्रदान गरेका थिए। कार्यक्रममा समाजसेवी तथा पूर्व प्याप्सनका जिल्ला कोषाध्यक्ष मनोज सिंह र गाउँ समिति सुधारका वरिष्ठ सल्लाहकार चन्द्र शेखर यादवको पनि विशेष उपस्थिति रहेको थियो।

बर्तमान जेसिज अध्यक्ष उमेश यादवले आफू यही विद्यालयको विद्यार्थी भएको स्मरण गर्दै विद्यालयप्रति मायाको प्रतीकस्वरूप वृक्षारोपण कार्यक्रमलाई विशेष प्राथमिकता दिएको बताए। उनले विद्यालयलाई वातावरणीय दृष्टिकोणले आदर्श बनाउन जेसिजले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।

जेसिजले प्रत्येक वर्ष पर्वको रूपमा सामुदायिक कार्यक्रमहरू गर्दै आएको र यसपटकको वृक्षारोपण कार्यक्रम वातावरणीय सन्देश मात्र नभई, विद्यालय र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन केन्द्रित भएको आयोजकले जनाएका छन्।

विद्यालयका प्रांगणमा सम्पन्न वृक्षारोपण कार्यक्रमले हरियाली र वातावरणीय सन्तुलनका लागि समुदायलाई सन्देश दिन सफल भएको सहभागीहरूले बताए।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
  • जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
  • सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
  • डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑