• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 18, Jul, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

डाक्टर यादव: ‘शिशुको मृत्युको समाचार सत्यतामा आधारित छैन’

नेपाल पोस्ट दैनिक
    November 15, 2024  मा प्रकाशित

Spread the love

सिरहा, – सिरहाको गोलबजार स्थित बर्धमान अस्पतालमा सिरहा जिल्ला औरही गाउँपालिकाकी राधा दासलाई सुत्केरी व्यथा भएपछि उनलाई थप उपचारका लागि उक्त अस्पतालमा ल्याइएको थियो। जिल्ला अस्पताल सिरहाका चिकित्सकहरूले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएपछि राधालाई परिवारले बर्धमान अस्पतालमा भर्ना गरेका थिए। अस्पतालमा चिकित्सकहरूले शल्यक्रियाको आवश्यकता देखाउँदै तुरुन्तै शल्यक्रिया गरे।
शल्यक्रिया सफल भए पनि नवजात शिशुको स्वास्थ्य अवस्था कमजोर रहेकोले आईसीयूमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताए। बर्धमान अस्पतालमा आईसीयू खाली नभएपछि शिशुलाई लाहानस्थित सप्तरीशी अस्पतालमा रेफर गरिएको थियो। तर दुर्भाग्यवश, शिशुको लाहान अस्पतालमा पुर्‍याउनासाथ नै मृत्यु भएको चिकित्सकहरूले घोषणा गरे।
यस घटनाबाट परिवार शोकमा डुबेका छन्। शिशुको अन्तिम संस्कार परम्पराअनुसार गागन खोलामा गरिएको छ। घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, गोलबजारका प्रहरी निरीक्षक गोविन्द प्रसाद साहको नेतृत्वमा अनुसन्धान टोलीले आवश्यक जानकारी लिँदै शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, लहानमा पठाइएको थियो।
बर्धमान अस्पतालका प्रमुख सर्जन डा. तेज शंकर यादवले यस घटनामा अस्पताल र चिकित्सकको कुनै लापरबाही नरहेको दाबी गरेका छन्। पत्रकार सम्मेलनमा डा. यादवले भने, “शिशुको मृत्युसम्बन्धी केही समाचार माध्यमले फैलाएको अफवाह सत्य होइन। अस्पताललाई बदनाम गर्ने उद्देश्यले यस्तो भ्रामक समाचार सम्प्रेषण गरिएको छ।”
डा. यादवले यसरी नकारात्मक समाचार सम्प्रेषण गर्दा स्वास्थ्यकर्मीहरूको मनोबलमा असर पर्ने जनाउँदै घटनाबारे स्पष्टिकरण दिएका छन्। बर्धमान अस्पतालमा राधा दासको उपचार जारी छ, र अस्पताल व्यवस्थापनले परिवारजनलाई पूरा सहयोग गरिरहेको छ।

 

 

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
  • देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
  • पीडित यादव अझै न्यायको लागी भौतारी दै
  • मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    • पछिल्ला
    • लोकप्रिय
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहानमा उच्च प्रविधियुक्त डेन्टल क्लिनिक, मन्त्रीद्वारा उद्घाटन
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑