• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आज मिथलामा भरदुतिया धुमधामका साथ मनाइयो

नेपाल पोस्ट दैनिक
    November 3, 2024  मा प्रकाशित

Spread the love
      

लहान १८ कार्तिक । तिहारको पाँचौ दिन आज मिथलामा भरदुतिया धुमधामका साथ मनाइयो सँगसँगै ‘गोधन’ पर्व मनाइएको छ । मिथिलाञ्चलमा आज भाइटीका पर्व मनाइरहँदा गोधन पर्व समेत मनाइएको हो ।

गोधनमा कुटिएको अन्न भाइलाई खुवाएर भातृद्धीतिया पर्व मनाउने परम्परा समेत रहेको छ । महिलाहरू एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै मधेसमा यो पर्व मनाउने परम्परा रहेको छ । गणेश भगवानलाई आराधना गर्दै सुरु गरिने यो पूजामा प्रकृतिको पूजा गरिन्छ । गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठारले पूजा गर्ने गरिन्छ । गोवर्द्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार पूजा गर्ने गरिन्छ ।

गाई मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवर्द्धन पर्वतले गाई पाल्न गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रणले रङ्ग्याउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधी) नलाग्ने मैथिल समुदायमा जनविश्वास रहेको छ । पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, दाम्ला फेर्ने परम्परा समेत रहेको छ ।

गोधन पर्वसँगै मिथिलाञ्चलमा आस्थाको माहपर्व छठ पर्वको तयारी समेत सुरु हुन्छ । प्राचीन कालमा व्रजवासी वर्षाका स्वामी ईन्द्रलाई प्रसन्न राख्नका लागि यो पर्व मनाउने गर्दथे । व्रजवासीले सोही दिन भगवान ईन्द्रको पूजा गरी षड्रसपूर्ण छप्पन भोग, छत्तिस व्यञ्जन भोग लगाउने गर्दथे । सोही दिन द्वापर युगमा भगवान श्री कृष्णले ईन्द्रको बन्द गराएर गोवर्धन पर्वतको पूजा आरम्भ गराएका थिए । यो देखेर भगवान ईन्द्र कुपित भएर मुसलाधार वर्षा गराए जसबाट पूरै ब्रज डुब्न लाग्यो । त्यसपछि भगवान श्री कृष्णले गोप र गोपीहरुलाई बचाउनका लागि आफ्नो हातको कान्छी औलामा गोवर्धन पर्वतलाई उठाएर ईन्द्रको मानमर्दन गरेका थिए । सोही दिनबाट ब्रजवासीलाई सुरक्षा प्रदान गर्ने पर्वत गोवर्द्धनलाई पूजाअर्चना आरम्भ गराएर अन्नकुट पूजाको समेत आरम्भ गराए । गोवर्द्धन पूजा नै कलान्तरमा गएर मिथिलाञ्चलमा गोधन पर्व बन्न गएको जनविश्वास रहेको छ ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑