शम्भु चौधरी लहान ४ कार्तिक । उतिमलाल मेमोरियल होस्पिटल गोलबजार ४ सिरहालाई विना आधार लान्छना लगाएको होस्पिटलका निर्देशक सुसिला सिंह पत्रकार सम्मेलन मार्फत बताईएकी छिन ।
मिति २०८१ असोज ३० गतेका दिन गोलबजार् नगरपालिका २ की सिता कुमारी महतो लहान अस्पतालबाट रेफर भई प्रसव सेवा लिन यस होस्पिटलमा आएकी थिई । डेलिभरी नभई लामो समय सम्म तल अडकिएको आमा र बच्चा द्वैको अवस्था नाजुक रहेका हेमोगोलोविन पनि कम भएको जस्ता चानौतिलाई सामना गदै डा. टिमले डेलिभरी गराउन सफल भएको र विस्तारै बच्चाको अवस्थामा सुधार आए पछि रेफर नगरिएको जस्ता बुन्दाहरु निर्देशक सुसिला सिंहको हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
निर्देशक सिंहका अनुसार पाचौ दिन सम्म उपचारको क्रम पश्चात आज छठियार छ जान दिनुस भनेर गयो र अर्को दिन बाकी रहेको पैसा होस्पिटल कर्मचारीले माग गर्दा नानाथरीका कुराहरु चल्न थाल्यो र अतिको अफवाह फैलाईएको बताईन ।
यतिको जाँच पडताल भएको छ सेवाहरु लिएको छ चार्ज त हुन्छ नै हामी पनि लगानी गरेका छौ स्टाफहरु राखिएको छ । हो कुन सेवामा रकम बडी भयो आएर सम्झौता पनि हुन सकिन्छ नि कि आएर अपशब्द बोल्ने कर्मचारीको शरीरका टच गरि दिने जस्ता कुरा सम्मेलनमा सिंहले बतमईन ।