शम्भु चौधरी, लहान १७ असार । पाँच दिने हारपिक तथा फिनाईल बनाउने तालिम सिरहाको भगवानपुर गाउँपालिका ५ को श्री हनुमान प्रसार सारडा मा वि मा सम्पन्न भएको छ ।
जनजाति समुदायलाई सिप विकासको लागी यो तालिम संचालन भएको थियो । यस तालिममा जनजाती समुदायका जम्मा ५० जना महिलाहरु सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष कृष्णदेव यादवले बताए ।
अहिलकोे परिवेशमा हारपिक र फिनाईल हरेक घरमा प्रयोग हुने भएकोले यो तालिम एकदम फलदायि भएको संंस्थाकf अध्यक्ष यादवले बताए ।
भगवानपुर गाउँपालिको आर्थिक सहयोग र सागरमाथा सामुदायिक विकास केन्द्र नेपाल बलान बिहुल ४ सप्तरीको आयोजनामा समपन्न तालिमको मुख्य प्रशिक्षक चन्देश्वर कामैत रहेको अध्यक्ष यादवले बताए ।