• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नविल बैंकको चर्को ब्याज विरुद्ध पत्रकार सम्मेलन

नेपाल पोस्ट दैनिक
    April 1, 2024  मा प्रकाशित

Spread the love
      

– नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क अन्तर्गत पहिलो नीजि बैंकको रूपमा रहेको नबिल बैंकको स्थापना वि. सं. २०४१ सालमा भएको थियो । जसले आफ्नो व्यवसाय जुलाई सन् १९९४ मा स्थापना गरेको थियो ।

नबिल बैँकको मुख्यालय दरबारमार्गस्थित काठमाडौँमा रहेको यस बैंकले नेपालभर लगभग १५०० ठाउँमा आफ्ना शाखा स्थापना गर्नुको साथै १३९ वटा भन्दा बढी एटियम सञ्चालन गरिसकेको अवस्था रहेको देखिन्छ ।

नेपाल अरब बैङ्कको रूपमा स्थापना भएको नबिल बैङ्कमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको स्वामित्व विनोद चौधरीमा थपिएको थियो ।

पछिल्लो समय ग्राहकबाट चर्को ब्याज लिन थालेपछि लहानमा रहेको नबिल बैंकको शाखा विरुद्ध सेवाग्राही अर्थात् सिरहाको सुखिपुर १० का राम कुमारी महतोको छोरा धनेश्वर महतोले लहान स्थित पशुपति आदर्श मावि परिसरमा नबिल बैंकले दिएका सास्तीका बारेमा पत्रकार सम्मेलन गरेका हुन् ।

आयोजित पत्रकार सम्मेलनमा लहान शाखाको नविल बैंक बाट २०७७ सालमा एक करोड रकम ८.३% को दरले सम्झौता गरी ऋण महतोले लिएका थिए ।

बैंकको सम्झैता बमोजिम आफूले ब्याज र सावा तिर्दै आएको तर बर्ष दिन पनि नबित्दै ब्याजको दर बढाउँदै गएर अहिले १६% र १७% सम्म लिई रहेको प्रति आपती जनाउदै शान्तिपुर्ण आन्दोलनमा जाने पत्रकार सम्मेलन मार्फत महतोले जानकारी दिए ।

पीडित धनेश्वर कुमार महतोले चर्को ब्याज अशुलन पल्केका नबिल बैंकका हाकिमले आफूलाई पटक पटक मानसिक टर्चर दिएको कारण आफू पत्रकार सम्मेलन गर्न विवस भएको बताए ।

यता नबिल बैंकका लहान शाखा प्रमुख सुनिल जि सी संग कुरा बुझ्दा आफूले एक पटक उनको घरमा गएको र एक पटक मात्र ब्याज तिर्नका लागि पत्र पठाएको बताए ।

जिसिले अहिलेको बैंकको ब्याजदर ११ देखि १२.६१ प्रतिशत भएको बताउँदै, महतोले नियमित बैंकलाई तिर्दै आएको करिब ५१ हजार बरावरको किस्तामा अहिले ५४/५५ हजार तिर्नु पर्दा झन्झट मान्दै पत्रकार सम्मेलन गराएको आफूलाई जानकारी भएपछि पत्रकार सम्मेलनको फोटो भिडियो केन्द्रिय कार्यालयमा पठाएको शाखा प्रमुख जिसीले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
  • आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
  • चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
  • आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑