• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राजदेवी मेलासँगै स्वदेशी तथा विदेशी पहलवानको कुस्ती शुरू

नेपाल पोस्ट दैनिक
    February 23, 2024  मा प्रकाशित

Spread the love
      

नेपाल पोष्ट दैनिक लहान ११ फाल्गुन । सिरहाको धनगढीमाई ५ स्थित राजदेवी सातसती दुदहा भवडी मेलासँगै औपचारिक रूपमा कुस्ती शुरू भएको छ ।
मेला समितिका अध्यक्ष उमेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सविधानसभा सदस्य तथा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव, विशिष्ट अथिती धनगढीमाईका उपमेयर संगिता कुमारी चौधरी, वाडा नम्बर ५ का वाडा अध्यक्ष रामजतन कामैत, विशिष्ट अथिती वाडा नम्बर १४ का वाडा अध्यक्ष अमित ठकुरी अतिथिहरु स्वास्थ्य साखा प्रमुख विशेश्वर प्रसाद यादव , ईलाका प्रहरी कार्यालय धनगढीका प्रतिनिधि , शस्त्र प्रहरी बल सुखीपुरका प्रतिनिधि ,पत्रकार बिनोद मण्डल लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कुस्तिको सुरुवात भएको हो ।
खुला चौरमा बनाईएको अग्लो अखडाहामा सभापति रामचन्द्र यादव विधिवत रुपमा रिबन काटेर कुस्तीको उद्दघाटन गर्नु भएको थियो ।
स्थानिय राम निर्दोषीको उद्घोषणमा संचालित कुस्ती खेलको शुरुवातमा देबी वन्दना बाजाका तालमा बजाईएको थियो ।
हजारौंको संख्यामा आम दर्शकको सहभागितामा आयोजित कार्यक्रममा स्थानियलाई सभापति रामचन्द्र यादवले सिटी हस्तान्तरण गरेर खेलको शुरुवात गराउनु भएको थियो ।
अत्यन्त रोमाञ्चक बनेको खेलमा उप(मेयर संगिता कुमारी चौधरीले खेलाडीलाई हात मिलाएर खेलको शुरुवात गराउनु भएको थियो ।
छोटो समयको पालो प्रदान गरिएको खेलाडीलाई वाडा नम्बर ५ का वाडा अध्यक्ष राम जतन कामैतले समेत हात मिलाएर खेलको शुरुवात गराउनु भएको थियो ।
राजदेवी मेलाको रूपमा परिचित यस मेलामा कलश यात्रा गरी विधिवत रूपमा मेलाको उद्दघाटन भएपछि २४ घण्टे अस्टजाम कार्यक्रम समेत आयोजना गरिएको थियो ।
मेलामा सास्कृतिक नाच लगाएत विभिन्न आकर्षक स्टेजहरु निर्माण गरिएको छ भने अर्कोतिर मेलामा व्यापक रूपमा स्वयम् सेवक र सुरुक्षा व्यवस्था मिलाइएको छ ।
मेलामा नियमित आगन्तुकलाई भोजनको समेत व्यबस्था गरिएको छ ।
करिब ११ वर्षदेखि नियमित रूपमा राजदेवी मेला लाग्दै आएको सभापति रामचन्द्र यादवले बताउनु भएको छ ।
फाल्गुन १२ गतेसम्म सञ्चालन हुने यस मेलामा बिहान राजदेवीको विशेष पूजाआजा गरी विधिवत रूपमा मेलाको समापन गरिने आयोजक समितिले बताएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑