महेश सिंह सिरहा लहान २० माघ – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको तेस्रो लहान नगर अधिबेशन सम्पन्न भएको छ। लहान स्थित गोपाल सेवा समितिमा अधिबेशन सम्पन्न भएको आयोजकले समितिका निबर्तमान अध्यक्ष बेद प्रसाद साहले जानकारी दिनु भयो।
बृहत रूपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अधिबेशन सुरु गरेका थिए लहान नगरपालिकाका २४ शै वडाका राजनीति ब्यक्तीहरुको उल्लेखनीय उपस्थिति रहेको मुल पार्टीका नगर अध्यक्ष राज कुमार साहले बताए।
राष्ट्रिय युवा संघ नेपालका लहान नगर अध्यक्ष बेद प्रसाद साहको अध्यक्षतामा सुरु भएको अधिबेशनको प्रमुख अतिथि नेकपा एमालेको प्रखर बक्ता तथा प्रतिनिधि सभा सदस्य गंगा प्रसाद यादवले पान्समा मैनवती वालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा लहानका पुर्व नगर प्रमुख मुनि साह नगर प्रबन्धकता राज कुमार साह, राम नारायण मेहता पार्टीका नेता मोहम्मद रियासद लिमि,ईसराईल सिद्धीकी बैजनाथ साह,धर्म राज चौधरी,बिजय महतो राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य सुमित्रा चौहान कार्की पुर्व नगर उपाध्यक्ष निर्मला यादव रामरति राम लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गंगा प्रसाद यादवका अनुसार राज्यमा छिटो काममा पनि भ्रष्टाचार हुने गरेको छ।नेपाली समाजका युवाहरु कुलतमा पलकेको अवस्था रहेको छ। आफुलाई मधेसबादी दल भनाउने राजनीति दलहरु सरकारमा जान गठबन्धन गर्छ र सातामा गए पछि भ्रष्टाचारमा लिप्त रहेको टिप्पणी गरेका थिए।
पुर्व राजा ज्ञनेद्र साहलाई तह लगाउने काम राष्ट्रिय युवा संघ नेपालले गरेको बताए।अहिले पनि नेपालमा एमाले पार्टीको सहमति बिना कुनै कदम चालन कठिन रहेको जनाए।
आफ्नै देशमा युवाहरुको रोजगारीको ब्यवस्था सिर्जना गर्नु पर्नेमा जोड दिदै पार्टीमा आदेश गर्ने परिपाटी बढेको अवस्था रहेको जनाए।कुलबाट मुलुक मुक्ति पाउने कि नपाउने बताए।समाजिक बिकृतिको विरुद्धमा लडने जिम्मेवारी युवा संघ नेपालको रहेको चर्चा गर्दै नेकपा एमाले एसिया महादेशको दोश्रो पार्टी रहेको बताए।
बन्द शत्र पछि निर्नायक मण्डलका बैजनाथ साहले नयाँ कार्य समितिको नामावली प्रकाशन गरेका थिए। सम्पुर्ण कार्य समितिलाई सपथ ग्रहण गराएका थिए। नयाँ कार्य समितिको नगर अध्यक्षमा रन्जित कुमार यादव उपाध्यक्षमा पार्वती साह,सचिब प्रसान्त भट्टराई,उप सचिब ज्योति पासमान,बिजेन्द्र प्रसाद महतो,कोषाअध्यक्ष अनिता दुलाम बिक लागत२५ सदस्य कार्यसमिति चयन गरेका धर्मराज चौधरीले जानकारी दिनु भयो।