• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

नेपाल पोस्ट दैनिक
    January 8, 2024  मा प्रकाशित

Spread the love
      

काठमाडौं २२ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन आयोगले आइतबार मतदाताको लागि अन्तिम नामावली प्रकाशित गरेपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो । निर्वाचनका लागि प्रमुख दल कांग्रेस, एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाइसकेका छन् । एमाले र माओवादीले आइतबार नै उम्मेदवार टुंग्याएका थिए भने कांग्रेसले बिहानै मात्रै टुंगो लगाएको हो ।
यसपटक सत्ता गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दै छ । त्यसैले एमालेले सबै १९ सिटकै लागि उम्मेदवारी दर्ता गराउँदैछ । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते मतदान हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।

यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ । कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ । यसरी राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने भएकाले यसलाई स्थायी सदन पनि भनिन्छ ।

२० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० मा सकिंदैछ । ६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् ।

तिमिल्सिना सहित नेकपा एमालेका ९ सदस्य राष्ट्रिय सभाबाट बिदा हुनेछन् ।एमालेकै दीपा गुरुङ गण्डकी, इन्दु कडरिया सुदूरपश्चिम खिमलाल भट्टराई लुम्बिनी, दील कुमारी रावल थापा बागमती रामचन्द्र राई बागमती, नरपती लुवार कर्णाली, भैरव सुन्दर श्रेष्ठ कर्णाली र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल पनि राष्ट्रिय सभाबाट बिदा हुँदैछन् ।

यसैगरी नेपाली कांग्रेसबाट अनिता देवकोटा लुम्बिनी, जितेन्द्रनारायण देव मधेश, प्रकाश पन्थ गण्डकी र रमेशजंग रायमाझी कोशीको कार्यकाल पनि फागुन २० गते सकिँदै छ ।

नेकपा माओवादी केन्द्रका महेश कुमार महरा सुदूरपश्चिम, हरिराम चौधरी सुदूरपश्चिम र विना पोखरेल कोशी तथा एकीकृत समाजवादीबाट नन्दा चपाईं कर्णाली, सिंगबहादुर विश्वकर्मा बागमतीको कार्यकाल सकिँदै छ ।

यसैगरी जसपाकी प्रमिला कुमारी मधेश प्रदेशको कार्यकाल पनि सकिँदै छ । बागमती प्रदेशबाट स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि आगामी फागुन २० मै बिदा हुँदैछन्। Form OK

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑