महेश सिंह सिरहा लहान २२ भदौ – युवा पुस्तालाई कुलतबाट जोगाउन लहान नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुर्य नारायण चौधरीले माध्यमिक बिधालय पिडरबोनीका विद्यार्थीलाई खेलकुद सामाग्री वितरण गरेका छन्।
स्थानीय पसुचिकित्सक श्रीदेब चौधरी र स्कुलका प्राधानाअध्यापक बिलट चौधरीको रोहबरमामा फुटबल २ भलिबल २ स्पिकिङ्ग रोप १० थान हस्तान्तरण गरेका छन्।
२०३३ सालमा स्थापना भएको स्कुलमा हाल छात्र १०८ छात्रा १०६ गरी जम्मा विद्यार्थी संख्या २१४ अध्ययनरत रहेका प्र.अ. चौधरीले जनाए।
स्कुल शिक्षा समापन पश्चात् विद्यार्थीलाई खेलकुदमा सहभागी गराउने गरेका छन्। पुनः स्कुल विद्यार्थी बाहेकका गरीब दलित युवाहरूलाई कुलत बाट जोगाउन स्थानीय युवाहरूलाई २ थान फुटवल सहयोग गरेका छन्।राष्ट्रका लागी खेलकुद स्वस्थ्यका लागी खेलकुद मुल नाराका साथ युवा पुस्तालाई खेलकुदमा अग्रसर गराउन सामग्री सहयोग गरेका छन्।
अध्यक्ष चौधरीले युवा पुस्ताको मध्य नजर गर्दै खेलमा नियमितता बढाउन र शारीरिक रुपले स्वास्थ रहन विभिन्न रोगको सिकारबाट मुक्त हुन् शारीरिक रुपले स्वास्थ रहन सामग्री वितरण गरेका हुन्। स्कुलको चौरमा स्कुल विद्यार्थी र स्थानीय युवाहरुले नियमित रूपमा खेल खेलिने गरेको स्थानीय दिपक राम सुनिल राम लहान हस्तान्तरण गरेका छन्।