नेपाल पोष्ट दैनिक,लहान ३१ जेठ । मधेश प्रदेशका जिल्लाहरूमा असारे विकासको शुरुवात गरिएको छ । वर्षभरि बसेर बजेट पचाउने हिसाबले यतिबेला एकातिर बजेटको लागि दौडधुप शुरू भएको छ भने अर्कोतिर विभिन्न शिर्षकमा भ्याट बिलको बिगबिगी बढेको अवस्था रहेको देखिन्छ । कमिसनमा अडिटर मिलाएर बजेट पास गराउने पुरानो परम्पराको हालसम्म हाली मुहाली रहेको देखिन्छ ।
मधेश प्रदेशको राजधानी शहर जनकपुरमा बजेटको कमिसन खेलको लागि विभिन्न मन्त्रालयहरुमा सोर्स र फोर्सको चलखेल जारी रहेको अवस्थामा सिरहाको एक विद्यालयको भवन नियम विपरीत भत्काइएको छ ।
सिराहाको पदमपुरमा रहेको आधारभुत प्रा बि पदमपुरले बिकल्प हुँदा हुदै पनि करिब १५ लाख मूल्य बराबरको संरचना भत्काई अर्को भवन बनाउन थालेको छ । भत्काउने क्रममा विद्यालयका भवन , शौचालय र पर्खाल लगायतका भौतिक संरचना भत्काईएको अवस्था रहेको छ । विद्यालयमा रहेको दुई कोठे शौचालयलाई करिब ६ लाखको लागतमा सबल नेपालले मर्मत गरेको वर्ष भएको छैन ।
बिद्यालयको उतर पूर्व दक्षिणतिर भवनको प्रसस्त ठाउँ छ । देशको आर्थिक अवस्था सुधार नहुदै भत्काउनु बनाउनुको के रहस्य हो । खोजीनिति कस्ले गर्ने रु भवनको आबस्यकता नै थिएन भने किन बनाउनु पर्यो रु
सिराहा नगरपालिकाको आधारभूत विद्यालय पदमपुरमा करिब ६ लाखको लागतमा निर्माण भएको आधुनिक चर्पी भत्काएर अर्को निर्माण कार्य थालिनु चरम लापरवाही र गैरकानुनी हुँदा हुँदै पनि कानुनलाई चुनौती दिँदै आएको केही व्यक्तिहरूको निहित स्वार्थका कारणले उक्त संरचनाको थालनी गरिनु चिन्ताको विषय भएको हुनाले निकायको ध्यानाकर्षण आजको आवश्यकता महसुस गरिएको छ ।