महेश सिंह सिरहा लहान १८ जेष्ठ – लघुबित विरुद्धको आन्दोलनकारी द्वारा सप्तरीको पातो बजारमा अबस्थित रहेको दर्जनौं लघुबित संस्थामा तोडफोड र तालाबन्दी गरेका छन्। लूटेको पैसाको फिर्ता गर,महिला हिंसा बन्द गर,महिला मार्न पर्दैन।चक्रबर्ती ब्याज लिन पाईदैन लगायतका ५ सुत्रीय माग राख्दै पर्दर्शन गरेका छन्।
लघुबित विरुद्धको संघर्ष समितिका सप्तरी जिल्लाको उपाध्यक्ष उमेश भगतको नेतृत्व सुरु भएको कार्यक्रममा केन्द्रिय सदस्य धनिक लाल चौधरी,मधेस प्रदेश सचिब अर्जुन बिश्वकर्मा,सिरहा जिल्ला सदस्य ललिता कामत,शान्ति चौधरी , लगायतका ब्यक्तीहरुको पदाअधिकारीहरुको उपस्थिति रहेको थियो।
आन्दोलन कार्यक्रममा करिब ५ पाँच सय महिलापुरुषहरुको उपस्थित रहेको थियो। पातो बजारको जीवन बिकास लघुबित संस्था,सिभिल लघुबित,स्वस्तिक लघुबित संस्था फरवार्ड माईक्रोफाईनास लघुबित, स्वावलम्वन लघुबित,नेशन लघुबित संस्थामा तोडफोड र तालाबन्दी गरेका छन्।
आन्दोलनलाई शान्ति पार्न नेपाल प्रहरी सशस्त्र प्रहरीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे। आन्दोलनकारीलाई हस्तक्षेप गर्न खोज्दा प्रहरी र आन्दोलनकारी बीच समान्य झड प भएको थियो। संघर्ष समितिका आन्दोलनकारीद्वारा जीवन बिकासका कर्मचारीमाथि कुटपिट समेत गरेका मधेस प्रदेश सल्लाहकार गुलजार मियाँले बताए।