सिरहाको लहानमा एक युवकलाई एक परिवारका सदस्यहरुले सामुहिक कुटपिट गरेपछि मृत्यू भएको छ ।
शनिबार साँझ सिरहाको लहान नगरपालिका वडा नं. ८ स्थित एकै परिवारका ४/५ जना सदस्यहरुले कुटपिट गर्दा सोही ठाउँ बस्ने एक युवकको मृत्यू भएको छ । सोही स्थान बस्ने २१ बर्षिय हरिभजन मण्डलको मृत्यू भएको हो ।
प्रत्यक्षदर्शीहरुका अनुसार, लहान ७ स्थित प्रिया जेनरल स्टोरमा कार्यरत मण्डल शनिबार बेलुकी पसल बन्द गरेर गणेश चोक हुँदै घर तर्फ जाँदै गर्दा लहान ८ निवासी ठेलामा अण्डा बेच्ने राजलाल साहले मण्डललाई पछाडीबाट धक्का दिएका दिएका थिए ।
मजाक मजाकमा धक्का दिइएका मण्डलसँग पछि समान्य वादविवाद भएको थियो। विवाद साम्य भए पछि मण्डल आफ्नो घर तिर लागे। समान्य भनाभन भएपछि आवेशमा आएका आरोपित साहले अण्डा पसल बन्द गरि मण्डललाई पछ्याउदै गएका थिए ।
केही बेरमा आफ्नो छोरा शिव साह, भोला साह, नाति भिम साहलाई बोलाई चारै जना मिलि कुटपिट गर्न थालेको बताइएको छ । कुटपिटबाट सक्त घाइते भएका मण्डललाई त्यहाँका स्थानीयले संरक्षण गरि घर सम्म पुर्याउँदा मण्डल २/३ पटक बान्ता गरेका थिए । मृतक मण्डलका बुवा राम कुमार मण्डल घाइते छोरालाई हतार–पतार उपचारका लागि कामना नर्सिङ्ग होममा लिएर गए।
मण्डलको अवस्था चिन्ताजनक भएको कारण देखाउदै डाक्टरले मण्डललाई विराटनगर वा धरान लगन सल्लाह दिए पछि मण्डललाई त्यहाबाट विराट नर्सिङ्गहोममा पुर्याउदा मण्डलको मृत्यु भइसकेको थियो।यता घटनामा संलगन राजलाल साह र भिम साहलाई प्रहरीले पक्राउ गरि सकेका छन् भने घरको अन्य सदस्य फरार रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।