काठमाडौं, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् ।
पेटमा समस्या भएपछि उनी शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए ।
राष्ट्रपति पौडेल पेटमा समस्या भइ शनिबार साँझ भर्ना भएको र हाल चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।