राम पुकार यादव / सिरहा ।बर्षौ देखि नाप फिता सिमाको विवादमा अल्झिएर रहेको कामहरु बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले समाधान गरि योजनाको कामहरू उद्दघाटन गरेको छ ।
समाजमा इन्ची इन्चीको जग्गाको लागि लफडा गर्ने प्रवृत्तिले बिकास निर्माण कार्यमा बाधा हुने भन्दै अध्यक्ष यादवले ती समस्याहरुमा कोहि कसैले न अल्झी बिकास निर्माण हामी सबैले एक्जुट भै शुरु गरौ भनेर पक्की ढलानको उद्द्घाटन गरेका थिए ।
अध्यक्ष यादवले बिष्णुपुर गाउँपालिकाको वडा नम्बर २ बिरताटोलमा पचासौ घर परिवार लभान्बित हुने बिकास निर्माण कार्यको उद्घाटन गरेपछि त्यहाँको जनता उपभोक्ताहरु खुशी भएका छन ।
शुक्रवार ३ गते उद्घाटन गरेको पक्की ढलान कार्य सप्पन्न हुन दुई दिन अझै लाग्ने र निर्माण कार्य उपभोक्ता समितिको अध्यक्ष कमेश्वर यादवको अध्यक्षतामा शुरु भएको पालिका स्थित प्राबिधिकले बताए ।
यस्तै अध्यक्ष यादवले गाउँपालिकाको योजनामा रहेको विभिन्न बिकास निर्माणका कार्य अगाडि बढाएको जनाए ।