लहान १ चैत्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेसबारीको मदरसा फारुकिया हन्फियामा १ दिने जलसा शुरु भएको छ। यो मुस्लिमहरुको सबेबरातको महिना हो। एक हप्ता पछि रमजान शुरु हुदैछ।
प्रमुख अतिथिको रुपमा मधेश प्रदेश सभा सदस्य राजकुमार गुप्ता द्वारा आज जलसाको उदघाटन भएको छ। हाल नेता गुप्ता आफ्ना चुनावी क्षेत्रको गाउँ टोल बस्ती सम्म पुगेर जन्ताको समस्या बुझ्ने र हरेक जाति बर्ग लिंग समुहको हरेक कार्यक्रममा सहभागी हुँदै हरेक नागरिकको समस्या बुझ्दैछन जानकारी प्राप्त भएको छ।
जलसा कार्यक्रममा सन्चारकर्मी संग छोटो कुराकानी गर्दै माननीय गुप्ता सबैको समान सहभागिता र समाबेसी आब्श्यक रहेको बताएका छन। उहाँ अगाडी थप्दै हाम्रो देश बहु भाषिक बहु धार्मिक भएको देश हो र सम्मान सबैको बराबर हुनु पर्छ बताउनु भएको हो। समुदायको हरेक ब्यक्ति संग बातचित गर्दै बस्ती बस्तीमा घुम्दै नेता गुप्ता आफ्ना चुनावी क्षेत्रमा दुई बर्ष भित्र ठुलो परिवर्तन गर्ने समेत बताएका छन। ईस्लाम धर्म अनुसार बर्षको दुईवटा महिना सबेबरात र रमजान बहुत महत्वपूर्ण मानिन्छ। एक हप्ता पछी रमजान महिना शुरु हुदैछ।
यस महिना भरी मुस्लिमहरु दिन भरी व्रत (रोजा) बस्ने गर्छन। यस महिनाको खानपिनमा बिहान अजान हुनु भन्दा पुर्ब सेहेरी खाइ व्रत शुरु हुन्छ भने बेलुका अजान पछि इफ्तार गरि व्रत (रोजा) खोल्ने नियम छ। रोजाको समय भित्र कुनै पनि गलत कार्य गर्न शक्त बर्जित हुन्छ। पाँच वक्त नमाज, कुरान पढ्नु , दान(जकात) दिनु अतिबिप्पन गरीबलाइ सहयोग गर्नु महान कार्य पुन्य(सबाब) हुने धार्मिक बिश्वास रहेको छ।