लहान १३ फाल्गुन । सम्वादाता सप्तरीको सुरुङ्गा नगरपालिका ९ बोइरबोनामा भीषण आगलागी भएको थियो। आगलागीको कारण ७ घरपरिवारको सम्पुर्ण चिजबिज जलेर नष्ट भएका छन् ।
आगलागी पीडितहरु रामकिसुन यादव, रामचन्द्र यादव, रामपरिक्षन यादव, बलराम यादव, बैजनाथ यादव , रामबृक्ष यादव र चन्द्रदेव यादवको अनुसार आगो के कारणले लागेको हो हामीलाई थाहा छैन तर पीडितको अनुसार फुसको घरहरु लाताकपडा गरगहना अन्नपात र नगद सहित रु ५० लाख बराबरको क्षती भएको छ।
ज्याला मजदुरी गरी जिवन जिविका चलाइरहेको गरीबहरु माथी यति बेला ठुलो बज्रपात भएको छ। यता नगरपालिकाले खवर पाउन साथ दुईवटा दमकल घटना स्थलमा पठाइ आगो नियन्त्रणमा लिएका थिए भने नगर कोषबाट पीडित घरपरिवारहरुलाई खान बस्न ओढ्न ओछ्यान र नगद सहितको व्यवस्था नगर प्रमुख गीता चौधरी उप प्रमुख रुद्र बहादुर कार्कीको टोली घटना स्थल पुगेर गरेका छन। मेयर चौधरीको अनुसार थोरै भए पनि पीडितलाई हामी तुरुन्त राहत त व्यवस्थापन गरेका छौ तर यी गरीब परिवारको लागि उचित व्यवस्थापनको लागि नगरपालिका पछि नहटने बताएकी छिन।
उप मेयर कार्कीको अनुसार पीडितहरु आतिनु पर्ने आवश्यक छैन। यहाँहरुको व्यवस्थापन नगरपालिकाले मात्रै हैन हामी विभिन्न सहयोगी हातहरुलाइ आग्रह गरिसकेका छौ र जसरी पनि हामी उचित व्यवस्थापन गरेरै छाडछौ उप मेयर बताउनु भएको हो। मेयर र उप मेयर अगाडी थपनु भयो जन्ताले हामीलाई नगरको अभिभावक बनाएको छ र त्यही अभिभावकको नाताले हामी आफ्नो कर्तव्य निभाउछौ जन्ता अलिकति पनि बिचल्ली हुनु जरुरी छैन समेत बताउनु भएको छ।
वास्तवमा भन्नू पर्दा जन्ताको पिडामा तुरुन्त मलहम लगाउने काम स्थानीय सरकार बाट जुन समयमा नै भएको छ त्यो एकदमै सरहनिय छ। यसरी नै हरेक स्थानीय सरकारहरुको चाहाना ममता जन्ता प्रती हुन जरुरी देखिन्छ। अनि मात्र जनप्रतिनिधि प्रती जन्ताको पनि भरोसा अटल रहने देखिन्छ।