लहान १० फाल्गुन । सिराहाको मिर्चैयाबाट लुटेराहरुको समूहले हतियार देखाई दिन डहाडै रकम लुटेका छन ।
मिर्चैयाबाट कल्याणपुर मनि ट्रान्सफरका लागि लादै गरेको करीब ९ लाख रुपैयाँ लुटेराको समूहले हतियार देखाएर लुटेको प्रहरीले जनाएको छ ।
आज दिउसो करिब २.४५ बजेको समयमा ग्लोबल आई.यम. ई बैंक मिर्चैया शाखाबाट पैसा लिई कल्याणपुर मनि ट्रान्सफरमा पैसा जम्मा गर्न लैजाने क्रममा मिर्चैया र कल्याणपुर सडक अन्तर्गत मिर्चैया नगरपालिकाको वडा नं ३ बतहा पुलमा आएका ४ लुटेराको समुहले हतियार देखाई रकम र मोबाईल फोन समेत लुटी बाटोबाट लगेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।