शम्भु चौधरी लहान ९ फाल्गुन । लहानमा मंगलबार था क स को एक कार्यक्रम बिच लहान नगर स्तरीय र क्षेत्र १ को क्षेत्रिय स्तरीय समिति गठन भएको छ । नगर समितिमा लहान १८ का शिव नारायण चौधरी र क्षेत्रीय समितिमा लहान १५ का रुद्र नारायण चौधरीको अध्यक्षमा अलग अलग दुईटा समिति गठन गरीएको छ ।
थारु सामुदायिक सेवा सदन लहानका अध्यक्ष रामस्वारुप चौधरीको प्रमुख अतिथिमा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीका अनुसार हाम्रो थारु जातिमा दहेजको लेनदेन नभए पनि महगा महगा मोटरसाईकल लिने चलन बढेको देखिन्छ जसका कारण हाम्रा थारु युवाहरु बढी मात्रामा दुर्घटना शिकार भएको पाईन्छ । यसलाई हामीले बेलैमा सुधा्र गर्नु पर्ने देखिन्छ ।
कार्यक्रममा शिक्षक विष्णुदेव चौधरीले सम्वोधन गर्दै भने यो एउटा जातियता संस्था हो । यस्मा कुनै किसिमको राजनितिक कार्य हुनु हुदैँन । राजनिति कारणले हामी थारुहरु कुनै न कुनै किसिमबाट दबिएका छौँ । त्यस्तै हात्ती दह पर्यटन क्षेत्रका अध्यक्ष रुद्र नारायणका चौधरीका अनुसार थारुहरुले आफ्नो संस्कृति कसरी जोगाउने चितवन स्थीत रहेका थारु राष्ट्रिय नाचघरका उदाहरण दिएका थिए । थारुहरुले आफ्नो संस्कृति जोगाउने तर्फ ध्यान दिनु पर्ने आवश्यक देखिन्छ ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पत्रकार शम्भु चौधरीका अनुसार लहान जस्तो एतिहासिक र थारु वाहुल्यता भएको ठाउँमा एउटा थारु समुदायिक भवन पनि नभएको दुखेसो व्यक्त गरे । अव जसरी भए पनि एउटा थारु समुदायिक भवन बनाउन सम्पुर्ण थारु अगुवाहरुलाई आग्रह गरे ।
कार्यक्रमका वक्ता वद्रि नारायण चौधरीका अनुसार थारु सवके अभियान और सान एक घर एक सदस्य बैनके सफल करु अभियान अन्तर्गत सिरहा जिल्लामा करिब थारुहरुको ६ हजार घरधुरी रहेको बताए । त्यसै क्रममा अर्का वक्ता अजय चौधरीका अनुसार देशमा परिवर्तन ल्याउन लोकतन्त्र अपरिहार्य छ । लोकतन्त्रमा सवैले अधिकार पाउनु पर्ने नैसर्गिक अधिकार हो । चाहे व्यक्ति होस् या जातिय ।
प्रध्यापक मुखिलाल चौधरीका अनुसार पहिचान र अधिकार पाउन ३ चिज आवस्यक रहेको छ । १ शैक्षिक स्थिति २. आर्थिक स्थिति र ३. राजिनितिक स्थिति सबल हुन जरुरी हुन्छ ।
पहिचान और अधिकारक लेल थारु सब एक जुट हौउ भने उद्देश्यमा संचालित कार्यक्रम सिरहा जिल्ला थारु कल्याणकारीणी सभा अध्यक्ष सत्य नारायण चौधरीलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।